लुम्बिनीप्रदेश,अर्घाखाँची
परिचय
अर्घाखाँची नेपालको लुम्बिनी प्रदेशमा पर्ने एउटा पहाडी जिल्ला हो। यस जिल्लाको सदरमुकाम सन्धिखर्क हो। यस जिल्लाको पूर्वमा पाल्पा, दक्षिणमा रुपन्देही र कपिलवस्तु, उत्तरमा गुल्मी, पश्चिममा प्यूठान र दाङ्ग जिल्लाहरु द्धारा परिेवेष्टित छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार कुल जनसंख्या १,७७,२०० जसमध्य पुरुषको संख्या ८१,०१३ र महिलाको संख्या ९६,१८७रहेको छ। विश्व मानचित्रमा यस जिल्लाको कुल क्षेत्रफलः ११९३ वर्ग किलोमिटर अक्षांश २७ डि. ४५ मि. देखि २८ डि. ६ मि. उत्तर, देशान्तर ८० डि. ४५ मि. देखि ८३ डि. २३ मि. पूर्व बीच यो जिल्ला अवस्थित छ । यस जिल्लाको उचाई समुन्द्र सतह देखि ३०५ मिटरदेखि २५१५ मिटर रहेको छ भने औषत वर्षा २२०० मिलिमिटर (औषत वार्षिक) छ । यस जिल्लाको तापक्रम न्यूनतम् ६.५० देखि अधिकतम् ४०० सेन्टिग्रेड सम्म हुने गर्दछ ।
पाणिनि तपोभूमि(पणेना), सात्ततले गुफा/दुर्वाशेश्वर गुफा, मालिका मन्दिर खिदीम, आलम देवीको मन्दिर(मैदान),सुपा दुउराली, छत्र मन्दिर(छत्रगञ्ज), नर्तनाचल पर्वत(नरपानी), परसुरामेश्वर,ऐतिहासिक पौवा(बल्कोट) अर्घाकोट(अर्घा),पाली पन्थीटोलको लाकुरीरूख मा अबस्थित “देविस्थान मन्दिर लाकुरीकोरूख” यहाका प्रमुख पर्यटकिय स्थलहरू हुन।
नामाकरण
अर्घाखाँची नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घको रूपमा दहि चढाउँदा देवी निस्किएकीले सो नामबाट अर्घा शब्दको उत्पत्ति भएको हो भन्ने बुझिन्छ। खाँची शब्दको उत्पत्ति भने सरकारले कर असुल गर्ने ठाउँ वा व्यक्तिलाई खजाञ्चि भन्ने प्रचलन भएकोले त्यसैबाट अपभ्रंश भई हुन गएको हो भन्ने बुझिन्छ। यसरी यस जिल्लाको नाम अर्घाखाँची रहन गएको भन्ने जनविश्वास पाइन्छ।
बाईसे चौबीसे राज्य अनर्तगत भुरे राजाका पालामा चौबीसे राज्य अन्र्तगत पर्ने अर्घा दरबारका राजा र खाँची दरबारका राजा बिच सन्धि भएपछि यस जिल्लाको नाम अर्घाखाँची हुन गएको र सोही सन्धि भएको स्थानलाई सन्धिखर्क नामाकरण गरिएको जनविश्वास रहि आएको छ । सोही स्थानमा हाल अर्घाखाँची जिल्लाको सदरमुकाम रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि
नेपाल एकिकरण पूर्व वाइसे राज्यहरूको रूपमा रहेका अर्घा र खाँची दुई राज्य यस क्षेत्रमा रहेको र एकीकरणको शिलशिलामा ती दुई राज्यलाई तत्कालिन पाल्पा राज्यमा गाभिएको थियो। एकिकरण पछि अर्घा र खाँची मिलेर अर्घाखाँचीको नामाकरण भएको हो। २०१८ सालसम्म यो जिल्ला गुल्मी जिल्ला अन्तरगत पर्दथ्यो भने नेपाललाई ७५ जिल्लामा विभाजन गरे पश्चात यो छुट्टै जिल्लाको रूपमा स्थापित भयो। बिश्वको प्राचीन भासा सस्कृतको भाषाको व्याकरणको उत्पत्ति भएको र रचना भएको अर्घाखाँचीको पाणिनी तपोभूमि ओझेलमा परेको छ।
हजारौ वर्षपहिले पाकीस्तानको लाहोरवाट तपस्या गर्दै अर्घाखाँचीको खिदममा आएका पाणिनी ऋषीले पणेनाको लेखमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए। पाणिनी तपोभूमि क्षेत्र बिश्व भाषा सम्पदाको प्रमुख स्थल हो। यसै क्षेत्रमा आएर पाणिनी ऋषीले तपस्या गरे पछि भगवान शिब प्रशन्न भएर डम्मरु बजाउदै अईउ ,रिलृ, एओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत व्याकरणको रचना गरेको भन्ने धार्मिक मान्यता रहेको छ।
निर्वाचन क्षेत्रको विभाजन
- प्रतिनिधीसभा सदस्यकोलागी निर्वाचन क्षेत्र संख्या १ रहेको छ ।
- प्रदेशसभा सदस्यकोलागी निर्वाचन क्षेत्र संख्या २ रहेको छ ।
स्थानिय तहको विभाजन
संघिय संरचना अनुसार अर्घाखाँची जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ३ नगरपालिका र ३ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएको छ ।
- सन्धिखर्क नगरपालिका
- शीतगंगा नगरपालिका
- भूमिकास्थान नगरपालिका
- छत्रदेव गाउँपालिका
- पाणिनी गाउँपालिका
- मालारानी गाउँपालिका
पर्यटकीय स्थल
मध्यपहाडी र शिवालीक भु बनोटमा यहाँका प्रमुख खोला बाँगी खोला, झिमु्रक खोला, वाडगंगा खोला, मथुराबेशी खोला, सितखोला, खाँकबेशी खोला र रङसीङ खोला रहेका छन । अर्घाखाँची जिल्लामा २ वटा प्रमुख तालहरु रहेका छन जुन डम्मरुदह ताल सितगंगा नगरपालिकामा रहेको छ भने सेङलेङदह ताल भुमिकास्थान नगरपालीकामा रहेको छ । यहाँका मुख्य सांस्कृतिक सम्पदाहरुमा नरपानीमा रहेको प्रसिद्ध सुपा देउरालीको मन्दिर, पाँडिनी गाउँपालीकाको पँडेनामा रहेको पाँडिनी तपोभुमी, पाँडिनी गाउँपालीकाकै खिदिममा रहेको साततले (दुर्वासा)गुफा, छत्रदेव गाउँपालीकाको बल्कोटमा रहेको बल्कोटपौवा, छत्रदेव गाउँपालीकामै रहेको छत्रमहादेवको मन्दिर, मथुराबेसीमा रहेको कृष्ण मन्दिर, सन्धिखर्क नगरपालिकाको अर्घामा रहेको अर्घा दरबार, अर्घा भगवती मन्दीर, मालारानी गाउँपालिकामा रहेको मालारानी मन्दिर, अमिलेमा रहेको झरना यहाँका प्रमुख साँस्कृतिक सम्पदाहरु हुन ।
सुपा देउराली
पाणिनी तपोभूमि
छत्र महाराजको मन्दिर
मालारानी
देशको समृद्धिका लागि पनि पर्यटकीय क्षेत्रलाई विश्व सामु पस्किन जरुरी छ।
सङ्कलन: पि.एस. क्षेत्री, स्रोत: गुगल