लुम्बिनीप्रदेश, नवलपरासी(बर्धघाट सुस्ता पश्चिम)
परिचय
नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने १२ वटा जिल्ला मध्येको एक जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) हो । नेपालको संविधान (२०७२) मा साविकको नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नामाकरण भै छुट्टा छुट्टै जिल्लाको रुपमा अनुसूचीमा उल्लेख भएको हो। करिब ६३४.८८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस जिल्लाको पूर्वमा नवलपुर , पश्चिममा रुपन्देही, उत्तरमा पाल्पा र तनहु जिल्ला र दक्षिणमा मित्रराष्ट्र भारतको उत्तर प्रदेश र विहार प्रान्त पर्दछन् ।
समुन्द्री सतहबाट करिब ९१ मि. देखि १९३६ मि. सम्मको उचाईमा अवस्थित जिल्लाको पूर्व—दक्षिण सुस्ता गाउँपालिका , पश्चिम—दक्षिण भागमा तराई, उत्तर–पूर्व र उत्तर—पश्चिम भागमा महाभारत पर्वत श्रृङखलाको चुरे पहाडी क्षेत्र पाइन्छ । नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) जिल्ला भौगोलिक रुपमा पनि सम्पन्न एवं भिन्नै पहिचान बोकेको तीन तल्ले जिल्लाको रुपमा सुपरिचित रहेको छ । यहा“ पहाडी क्षेत्र , भित्री मधेश र तराई क्षेत्र रहेका छन् । यसै भौगोलिक विविधताका कारण नेपाल अधिकाराज्य भरिकै हावापानी वातावरण र संस्कृति यहा पाइन्छ ।
नामाकरण
नेपालको लुम्बिनी प्रदेशअन्तर्गत पर्ने १२ वटा जिल्ला मध्येको एक हो नवलपरासी । नेपालको संविधान (२०७२) मा साविकको नवलपरासी जिल्लालाई नवलपरासी बर्दघाट सुस्ता पश्चिम र नवलपरासी बर्दघाट सुस्ता पूर्व नामाकरण भै छुट्टाछुट्टै जिल्लाको रुपमा अनुसूचीमा उल्लेख भए बमोजिम २०७४ देखि जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको नामबाट कार्यालय सञ्चालनमा आएको हो।
ऐतिहासिकपृष्ठभूमि
ऐतिहासिक एवं सांस्कृति रुपमा भिन्नै पहिचान बोकेको यस जिल्लामा महामानव भगवानबुद्धको परिनिर्वाण पश्चात प्राप्त आठवटा अस्थिधातु मध्ये एक अस्थि धातु राखिएको विश्व प्रसिद्ध रामग्राम स्तुप रहेको छ । प्राचिन समयमा सम्राट अशोकले अन्य स्थलका अस्ति धातुहरु निकाली आफ्नो राज्यमा विभाजन गरी कैयौं बौद्ध स्तुपहरु निर्माण गरेका भएता पनि यस स्थलमा रहेको अस्थिधातु निकाल्न आउँदा नाग र हात्तिहरुले संरक्षण गरी निकाल्न नदिएको भन्ने जनश्रुति रहेको छ । यसै पवित्र स्थलको नामबाट नगरपालिका र यस शाखाको नामाकरण गरिएको हो । यो रामग्राम महामानव गौतमबुद्धको मावली गाउ“, उनको बाल्यकालको क्रिडास्थल र प्राचिन कोलिय गणराज्यको राजधानी रहेको विश्वास गरिन्छ । यसका अलावा यहा“ पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्नु पूर्व पाल्पाका सेन वशी राजाहरुका इष्टदेवी पाल्ही भगवतिको प्रसिद्ध मान्दिर समेत रहेको छ ।यस जिल्लामा सोना–तमसा र सप्तगण्डकी नदीहरुको समिश्रणबाट बनेको प्रसिद्ध त्रिवेणी धाम (जुन स्थल भारतको प्रयाग जतिकै श्रदा र आस्थाको केन्द्रको रुपमा रहेको छ), अद्यापी रहेको पाउन सकिन्छ) |
यसका अतिरिक्त यहाँ मदारथान, बाबा बर्दगोरिया कुटी, अनुमा घाट, पण्डितपुर, अकलादेवी, घुमारिघाट जस्ता पर्यटकिय एवं धार्मिक स्थलहरु रहेका छन् भने थुप्रै मठमन्दिरहरु समेत रहेका छन् । यस जिल्लाका व्यापारिक महत्वका केन्द्रहरुमा परासी, महेशपुर, सुनवल, बर्दघाट, जमुनिया, भूमही, महत्वपूर्ण रहेका छन् । जिल्लाको सदरमुकाम परासीबाट १२ कि.मी.को दूरीमा भारतीय सिमावर्ती बजार ठूठीबारी अवस्थित रहेको छ जहाबाट गोरखपुर, लखनउ जस्ता ठूला भारतीय बजारहरुमा जान सकिन्छ भने माहामानव गौतम बुद्धले परिनिर्वाण प्राप्त गर्नुभएको प्रसिद स्थल कुशिनगर समेत सजिलै जान सकिन्छ । नवलपरासी जिल्लामा बसोबासका दृष्टिले हिन्दु, मुस्लिम, बौद्धिष्ट, क्रिश्चियन धर्म सम्प्रदाय एवं पहाडी, मधेशीहरुको मिश्रीत बसोबास भएको पाइन्छ
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ
स्थानिय तहको विभाजन
संघिय संरचना अनुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ३ नगरपालिका र ४ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएको छ ।
- बर्दघाट नगरपालिका
- रामग्राम नगरपालिका
- सुनवल नगरपालिका
- सुस्ता गाउँपालिका
- पाल्हीनन्दन गाउँपालिका
- प्रतापपुर गाउँपालिका
- सरावल गाउँपालिका
पर्यटकीयस्थल
मुख्य नदीनालाहरूमा नारायणी नदि रहेको छ भने खोलानाला तुरिया, झरही, धनेवा आदि रहेका छन।उस जिल्लाका रहेका प्रमुख तालमा नन्दन ताल,देवदहताल, बुद्धमंगल ताल, धर्मपोखरी ताल, तेलना पोखरी, गैडाताल, मदन पोखरीश आदि छन। मुख्य धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरु पाल्हीभगवती मन्दिर,बैरागनाथ मन्दिर, पण्डितपुर र रामग्राम स्तुप, विश्वकै अग्लो कृष्ण मुर्ति, बर्दगोरिया धाम, बालपुरी मठधुनी मन्दिर आदि रहेका छन।
देवदह ताल
विश्वकै अग्लो कृष्ण मुर्ति
रामग्राम स्तूपव
बर्दगोरिया धाम
देशको समृद्धिका लागि पनि पर्यटकीय क्षेत्रलाई विश्व सामु पस्किन जरुरी छ।
सङ्कलन: पि.एस. क्षेत्री, स्रोत: गुगल