सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना स्थगित भएको छ ।

निर्वाचन कार्यालयका अनुसार वडा नम्बर १ को १७ सय मत गणना भइरहेको बेला मेयरको स्थानमा हसिया हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको भोट पनि गठबन्धन दल कांग्रेसका उम्मेदवार रमेश कार्कीको नाममै गणना गर्नु पर्ने माग राखेपछि मतगणना स्थगित भएको हो ।

बराहक्षेत्रमा गठबन्धन दलका तर्फबाट मेयरमा कांग्रेसका रमेश कार्की र उपमेयरमा माओवादी केन्द्रका अमित गौतम उम्मेदवार छन् । माओवादी केन्द्रले मेयरमा उम्मेदवार नै नउठाएको अवस्थामा मतपत्रमा मेयरको स्थानमा रहेको हसिया हथौडामा पनि मतदाताले छाप लगाएकाले उक्त मतलाई पनि गठबन्धनको मेयरको नाममा गणना गर्नुपर्ने माग भएकाले विवाद भएको हो ।

पछिल्लो परिणामअनुसार एमाले उम्मेदवार निलम खनालले ६७८, गठबन्धन दल कांग्रेसका रमेश कार्कीले ५७२, स्वतन्त्र रामबहादुर विष्टले ११५ मत ल्याएका छन् । उपमेयरमा एमालेका नन्दकुमारी सुनुवारले ७११, गठबन्धन माओवादी केन्द्रका अमित गौतमले २५६ मत प्राप्त गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम