तिलक सिजापति
आठबिस नपा. ९ दैलेख

भारतको उत्तराखण्डमा कामको सिलसिलामा बस्दै आएका नेपाली तिलक सिजापतिसंग नोबेल कोरोना भाईरस (कोभिड १९) को बढ्दै गईरहेको संक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाको बारेको सारथी संसार डटकमले गरेकाे कुराकानि प्रस्तुत छ..

नमस्कार ।

हजुर नमस्कार ।

भारतमा के को सिलसिलामा जानुभएको हो ?

म कामको सिलशिलामा आएको हुँ यहाँ आएको लगभग ७,८ महिना जति भयो ।

अहिले के गर्दै हुनहुन्छ अवस्था के छ ?

अहिलेको अवस्था एकदमै भयावहको छ । किन भन्दा विश्व कोरोना भाईरस कोभिड १९ का कारण लगडाउनको अवस्थामा छ । यो कहिलेसम्म जारी रहन्छ अनिश्चित छ । जसले गर्दा जीवन झनै कष्टकर भएको छ । यो कोरोनाको कारणले भारतमा ठूलाठूला होटल, कम्पनी व्यवसायहरू बन्द भएकाछन्, जसको कारणले भारतमा रहेका नेपाली मजदुरहरुले काम गरेर खाने अवस्था छैन् । काममा जान नपाएको ५२ दिन भयो । कोही काम बाट निकालिएका छन्, कोही कामको लागि लकडाउन हुनुभन्दा ८,१० दिन अगाडी मात्रै भारत आएका छन् । कोही औषधी उपचार गर्न आएर यतै फसेका छन्, कोही भोकभोकै बसेको प्रत्यक्ष हामीले देखेका छौँ । घरपरिवार एकातिर छन्, हामी एकातिर छौं । घरको चिन्ता उत्तिकै छ, सिमा नाका बन्द छ ।

भारतमा कुनै नेपाली संक्रमित भएको र कोरोनाबाट मृत्यु भएको जानकारी के छ ?

अहिले सम्म त्यस्तो कुनै सूचना पाईएको त छैन्, यो सुखद कुरा हो । तर यस अवस्थामा सरकारले हाम्राे उद्धार गरेन भने ठुलाे मुल्य चुकाउनु पर्छ ।

त्यहीं रहिरहदा भारतमा यसको असरको बारेमा के छ ?

शुक्रबार मात्र ९६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यस्तै शुक्रबार ३ हजार ३४४ नयाँ संक्रमित फेला परेका छन् । यसैबीच भारतमा १७ हजार ८८६ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् । बाँकी ३९ हजार ८ सयभन्दा धेरै बिरामी उपचाररत छन् ।

यस्तो अवस्थामा नेपाली मजदुरहरुको लागि कुनै सम्बन्धित निकायबाट केहि पहल कदमी चालेको पाउनु भएको छ कि छैन् ?

नेपाल सरकारले भनिरहेको छ, हाम्रो भारत सरकार सङग समन्वय भएको छ । खै यहाँ त कुनै केहि गरेको देखिदैन कोहि विमारी भएर अस्पताल जाँदा नि नेपाली भने वित्तिकै छिछी र दुर दुर को व्यवहार गरेको को अवस्था छ । हिजो नेपाली जनता को रगत को बलिदान ले ल्याएको गणतन्त्र को प्रयोग गरि विजय भएका जनप्रतिनिधी ले नि कुनै चासो दिएको देखिदैन ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम सारथी संसार डटकमलाइ धन्यवाद छ । केहि कुरा गर्ने अवसर दिएकाेमा हामी नेपालका सन्तति हौं नेपलको माया लाग्छ । घरमा भएका सबै परिवार हाम्रो बाटो हेरेर बसिरहेका छन् । यस कहाली लाग्दो अवस्थामा कति खेर के हुने हो भन्न सकिदैन् । यस गम्भिर अवस्थालाई मध्यनजर गर्दै हरेक परिवारको लागि केहि जोहो गर्न विदेशिएका नेपाली मजदुरहरुको उद्धार गर्नु पर्छ । सरकार मुखदर्शक बन्नु हुँदैन् । यस्तो अवस्थामा सहि निर्णय लिन सकेन भने सरकार नालायक जस्तै हुनेछ । र नेपालले ठुलो दुर्गति भोग्नु पर्ने छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

यस घडिमा नेपालले अरू देशबाट पनि केहिकुरा सिक्नु पर्छः उपाध्यक्ष गुरुङ

हाल लण्डनमै बस्दै आउनु भएका एनआरएनए लण्डन राज्य