लुम्बिनी प्रदेश,पाल्पा

परिचय

लुम्बिनी प्रदेशका बाह्र जिल्लाहरुमध्ये पाल्पा एक पहाडी जिल्ला हो। पाल्पाको सदरमुकाम तानसेन हो। भौगोलिक हिसाबले विश्व मानचित्रमा यो जिल्ला २७ डि.३४ मिनेट, देखि २७ डि. २७ मि. सम्म उत्तरी आक्षांस र ८३ डि.१५ मि. देखि ८४ डि.२२ मी. सम्म पूर्वी देशान्तरमा अवस्थित छ । कुल १३७३ वर्ग कि.मी. क्षेत्रफल भएको यस जिल्लाको पूर्व पश्चिम ७० कि.मी. र उत्तर दक्षिण सरदर २० कि.मी. भएकोले सानै रुपमा भए पनि झण्डै नेपाल जस्तै देखिन्छ । क्षेत्रफलको हिसावले यस जिल्लाले नेपालको कूल भू–भागको ०.९३ प्रतिशत भू–भाग ओगटेको छ । जिल्लाको पूर्वमा नवलपरासी, पश्चिममा गुल्मी अर्घाखाँची उत्तरमा स्याङ्गजा गुल्मी र दक्षिणमा रुपन्देही रहेको छ ।। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार कुल जनसंख्या २,४२,४२३जसमध्य पुरुषको संख्या १,११,९०४ र महिलाको संख्या १,३०,४८३रहेको छ।

नामाकरण

इटालीका प्रसिद्ध विद्धान तथा इतिहासकार प्रो. जोशेफ टुचीको भनाई अनुसार यस जिल्लाको अस्तित्व ईसाको पाचौँ शताब्दी तिर थियो। त्यस समयमा भारतवर्ष र चीन प्रदेशको ठूलो क्षेत्र मंगोलियाको अधिपत्यमा रहेको अड्कल काटिएको छ। उनको भनाई अनुसार मंगोलियन शव्द “वाल्वा” यसको अर्थ “सीप कला र कालीगढ”बाट पाल्पा बन्न गएको हो।

ऐतिहासिक पृष्ठभूमि

भारतमा मुगलहरूको आक्रमण सहन नसकी तुथारय सेन पैयागबाट धपिएर बुटवलको बाटो भएर रिसिङ साविकको फेक गाविस वडा नम्बर ४मा लामो समयसम्म बसी पछि रिब्दीकोट कुसुमखोला पालुङमैनादी र ठिमुरे गाविसको साँधमा पर्नेमा आपुनो स्वतन्त्र राज्य स्थापना गरे। तानसेन आउनु अघि सेनवंशीय राजाहरू शिलाङथोकको नजिक रहेको पुरानकोट भैरवस्थान लाई राजधानी बनाई शासन गरेको इतिहासमा उल्लेख गरेको पाइन्छ। वि.सं. १३६३मा तुथारय सेन देखि प्रारम्भ भइ पाल्पा राज्यको संस्थापक मानिने रुद्र सेनले १५६६मा पाल्पा राज्यको स्थापना गरेका थिए। झण्डै ४९८ वर्षसम्म शासन गर्ने पाल्पाली सेन राजहरू मध्ये पछिल्ला पृथ्वीपाल सेनको पालमा रणबहादुर शाह र भीमसेन थापाको रणनैतिक षड्यन्त्र चतुर् याइले पाल्पा राज्य विसं १८६१मा नेपाल राज्यमा गाभियो। मुकुन्द सेन प्रथमको नेतृत्वमा पाल्पाले काठमाडौँ, धनकुटा र भोजपुरसम्म राज्य विस्तार गरेको पाईन्छ। सेन वंशका दशौ पुस्ताका राजा चन्द्र सेनका छोरा रुद्र सेनले वि.सं. १५६३मा पाल्पा राज्यको स्थापना गरेका थिए भने मुकुन्द सेन प्रमको नेतृत्वमा पाल्पा राज्यको विस्तार काठमाडौँ धनकुटा र भोजपुर सम्म भएको पाइन्छ। झण्डै ४९८ वर्षसम्म शासन गर्ने सेन राजाहरू मध्ये पछिल्ला राजा पृथ्वीपाल सेनको पालामा बहादुर शाह र भीमसेन थापाको रणनैतिक चतुर्‍याईले पाल्पा राज्य विस १८६१मा नेपाल राज्यमा गाभिएको थियो।

निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।

स्थानिय तहको विभाजन

संघिय संरचना अनुसार पाल्पा  जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर   २ नगरपालिका र ८ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएको छ ।

  • रामपुर नगरपालिका 
  • तानसेन नगरपालिका
  • निस्दी गाउँपालिका 
  • पूर्वखोला गाउँपालिका 
  • रम्भा गाउँपालिका 
  • माथागढी गाउँपालिका 
  • तिनाउ गाँउपालिका 
  • बगनासकाली गाउँपालिका 
  • रिब्दीकोट गाउँपालीका 
  • रैनादेवी छहरा गाउँपालिका

पर्यटकी यस्थल

विश्वमा परिचित पर्यटकीयस्थल पोखरा तथा धार्मिकस्थल लुम्विनीको विचमा अवस्थित पाल्पाको सदरमुकाम तानसेनको पर्यटकीय महत्वको कारणले गर्दा तानसेन नगरपालिका नमूना शहरको रुपमा मानिन्छ । यसै शहरको मुकुटको रुपमा रहेको श्रीनगरडाँडा प्राकृतिक छटाले भरिपूर्ण छ जहाँवाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण जस्ता विश्व प्रसिद्ध हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । आफ्नै भाषा र संस्कृतिले धनी मगर जातिको बाहुल्य रहेको र अन्य प्राकृतिक सौन्दर्यले समेत ग्रामीण पर्यटनको पनि त्यत्तिकै सम्भावना देखिन्छ । सत्यवती ताल, भैरवस्थान, नारायणस्थान, ऋषिकेश मन्दिर, रम्भादेवी, भगवती स्थान, अर्गली, रानीघाट, गोखुङ्गा, रिम्घालेक, रिव्दीकोट, हात्तीलेक, बल्ढेङगढी जस्ता ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको छुट्टै महत्व रहेको छ ।

श्रीनगर डाँडा

तानसेन बजारबाट उत्तरतिर उकालो लागेपछि मनोरम श्रीनगरडाँडा आइपुग्छ, जहाँबाट लामो हिमश्रृङ्खला देख्न सकिन्छ, सल्लाघारीको सुसेली सुन्न सकिन्छ। समुद्र सतहबाट १४९२ मीटर उचाइमा रहेको यस श्रीनगर डाँडाको शान्त वातावरणले हरेकको मनलाई आनन्दित तुल्याउँछ। यसै डाँडामा सिद्धीविनायक गणेशको मन्दिर रहेको छ भने पूर्वपट्टी श्रीनगर पारिलेक वन अवस्थित छ। यस ठाउँमा ठूलो तथा अग्लो बुद्धको मूर्ति रहेको छ। बुद्धलाई सेवा गरिरहेका हात्ती तथा बाँदरको मूर्ति पनि यस ठाउँमा रहेको छ। यस ठाउँबाट चारैतिरको हिमाल, पहाड तथा तराईको समथर मैदानहरु, माडी फाँट तथा तानसेन बजारको दृश्य अवलोकन गर्न सकिन्छ। बिहान सबेरै सूर्योदयको अनुपम दृश्य यस ठाउँबाट देख्न सकिन्छ। हाल श्रीनगर डाँडामा भ्यु टावर बनेको छ।

रणउजेश्वरी भगवती मन्दिर

तानसेन भगवती टोलस्थित उजीरसिंह थापाले बनाएको यो मन्दिरको छुट्टै विशेषता छ। आफ्नो सानो फौजको प्रयोगद्धारा ब्रिटिश इण्डिया कम्पनीलाई पराजित गरेमा मन्दिर बनाउने भाकल गरी युद्धमा होमिएका उजीरसिहं थापाको फौजले तत्कालीन पाल्पाको जीतगढीमा अड्ग्रेजहरुलाई परास्त गर्न सफल भएपछि बनाइएको यो मन्दिरमा विजय उत्सवकै प्रतीकस्वरुप प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन विशाल रथयात्रा उत्सव मनाइन्छ। वि.सं. १९९० मा पुरानो मन्दिर भत्किएकाले यसको पुनःनिर्माण गरिएको थियो।

तानसेन दरबार

पश्चिम कमाण्डर जनरल प्रताप शमशेरले प्रशासकीय कार्य सञ्चालन गर्न निजी प्रयोजनका लागि वि.सं. १९६९ मा बेलायती शैलीमा बनाइएको यो दरबार ७–१४–२–१ रोपनी क्षेत्रफलमा फैलिएको छ। अत्यन्त आधुनिक शैलीमा बनाइएको यस दरबारमा ४ तला, ६३ कोठा, २ बैठक कोठा र २ बुर्जासमेत रहेको थियो। यस दरबारमा अधिकांश सरकारी कार्यालय सञ्चालनमा रहेका थिए। सशस्त्र द्वन्दका क्रममा क्षति भएपछि यस दरबारको पुनःनिर्माण गरिएको छ।

सत्यवती ताल

बुटवल–तानसेन सिद्धार्थ राजमार्गमा पर्ने चौविसमाइलदेखि डेढ घण्टा दक्षिण पैदल यात्राबाट पुगिने १४०० मिटर उचाइमा रहेको यो ताल कोलडाँडामा पर्दछ। सुन्दर जंगलको बीचमा पहाडको टाकुरामा रहेको यो तालको छुट्टै विशेषता छ। यहाँ कार्तिक पूर्णिमाको दिन मेला लाग्दछ। सत्यवती माइले कानले सुन्न सक्दिनन् भन्ने विश्वास भएकाले भक्तजनहरु ठूलो स्वरमा चिच्याएर तालको वरिपरि बर माग्ने चलन छ।

रामपुरको तालपोखरा

रामपुर नगरपाािलकाभित्रको महत्वपूर्ण पर्यटकीय स्थल हो, तालपोखरा । यहाँ जाने पर्यटकले डुंगामा शयर गरेर आनन्द लिन सक्छन् । दुई वर्षदेखि यहाँ सानो तालमा डुंगा संचालनमा छ । पोखराको फेवाताल घुम्न जाने पर्यटकले तालपोखरामै फेवातालको मजा लिन सक्छन् । स्थानीय बासिन्दा र रामपुर नगरपालिकाको संयोजनमा यहाँ मानव निर्मित ताल बनाइएको हो । लगभव २० रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । बीच भागमा फेलातालमा जस्तै मन्दिरको दर्शन पनि तालपोखरामा घुम्न जाने पर्यटकले गर्न सक्छन् ।

रानीघाट दरबार

पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम २.३० घण्टा पैदल यात्राबाट पुग्न सकिने जनरल खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा यो दरबार बनाएका थिए। एकातर्फ बुर्जाको जग कालीगण्डकीमा नै रहेको, महलभित्र पानी पोखरी, मन्दिर, बगैंचा आदि रहेको अत्यन्त मनमोहक ५६ फिट चौडाइ, ११२ फिट अग्लो चार तले भवन र त्यसको वरिपरिको वातावरणले सबैको मनमा साँच्चिकै आनन्द दिन्छ। रानी महल नामले प्रख्यात यो रानीघाट दरबार उत्तरवाहिनी दिशामा बहेको पवित्र काली गण्डकी नदीको तिरमा अवस्थित छ। 

देशको समृद्धिका लागि पनि पर्यटकीय क्षेत्रलाई विश्व सामु पस्किन जरुरी छ। 

                 सङ्कलन: पि.एस. क्षेत्री, स्रोत: गुगल 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आन्तरिक पर्यटक बृद्धिको अभियान।स्वागत गर्छ नवलपरासी(बर्धघाट सुस्ता पश्चिम) , हेर्न आउ प्रकृतिको बरदान॥

लुम्बिनीप्रदेश, नवलपरासी(बर्धघाट सुस्ता पश्चिम) परिचय नेपालको लुम्बिनी प्रदेश अन्तर्गत