हाल लण्डनमै बस्दै आउनु भएका एनआरएनए लण्डन राज्य समन्वय परिष्द यूकेका वर्तमान उपाध्यक्ष एलविजेड गुरुङसंग त्यहाँको समसामयिक विषय साथै नोवेल कोरोना भाईरस कोभिड १९ ले विश्व नै प्रताडित भएको यस अवस्थामा के कस्ता गतिविधि भईरहेका छन् ? भनि कुरा गरेका छौं ।
प्रस्तुत सम्वादः
नमस्कार । सारथी संसार डटकममा यहाँलाई स्वागत छ ?

नमस्कार । यहाँ लगायत सारथी संसार डटकमका सम्पूर्ण परिवारलाई मेरो हृदयको अन्तस्करण देखि आभार प्रकट गर्दछु ।

कोरोना कहरको यो भयावहको स्थितिमा त्यहि बसोवास गर्ने प्रत्यक्ष दर्सिको हैसियतले यूकेको बारेमा कसरि वर्णन गर्नु हुन्छ ?

नोवेल कोरोना भाईरस कोभिड १९ का कारण अहिले विश्व नै थला परेको अवस्था छ । सर्व प्रथम त यसबाट मृत्यु हुने सम्पूर्णमा हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु साथै परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलाेस । यूकेकाे बारेमा भन्नु पर्दा यहाँ पहिलाको भन्दा धेरै सहज भईसकेको अवस्था छ । यस अवस्थामा मेरो अनुभव, पहिलो फेजमा कोरोनाको प्रभाव व्यप्त देखिएको थियो र यसैको कारण धेरैले ज्यान पनि गुमाए, सरकारले यस विषयलाई गम्भिर रुपले लियो र त्यसै अनुसारको सचेताना देखि रोग, रोकथाममा निरन्तर लागिरहयो । यस विषयमा सरकार मात्र नभएर सम्बन्धित निकाय सबै तदारुक्ताका साथ लागे कुनै किसिमको राजनीति मिसिएन । यहाँका पार्टि पनि कुनै स्वार्थमा लिप्त भएनन्, जनताको स्वास्थनै सबै थोक हो भनेर लागे । यसैको उपज अहिले संक्रमित र मर्नेको संख्या घटेको छ ।

त्यहाँ काम गर्ने श्रमिकहरुले कसरी काम गरिरहेका छन् ?

कामको हकमा सावधानि अपनाईन्छ । श्रमिकको सेफ्टी देखि स्वास्थ्य चेकजाँचका कुराहरुमा एकदमै ध्यान पु¥याइएको हुन्छ । त्यसैले त्यस्तो गाह्रो हुदैन् । अर्को कुरा सबै ठाउँमा स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य प्राविधिकहरु खटाईएको हुन्छ । चेक जाँचको बेला यदि कसैमा संक्रमण भेटियो र खतराको लक्षण देखिएमा सम्बन्धित ठाउँमा जानकारि गराई संक्रमितको राम्रो उपचार गरिन्छ । २४ सै घण्टा एम्बुलेन्सहरु सेवाका लागि तयार हुन्छन् । यातायतको कुनै समस्या हुँदैन् । त्यसैले श्रमिकका लागि कुनै बाधावेवधान हुने गर्दैन् ।

तपाईं एनआरएनए लण्डन राज्य समन्वय परिषदको उपाध्यक्ष हुनुहुन्छ । समस्यामा परेका आप्रवासी नेपालीहरुलाई के कस्तो सहयोग गरिरहनु भएको छ ?

प्रश्न गम्भिर र मनन् योग्य सोध्नु भएकोमा धन्यवाद छ । मेरो हरेक नसा नसामा नेपाल र नेपालीहरुको माया छ । म मात्र नभएर प्रत्येक नेपालीमा छ । यो कुराको प्रमाण नेपालमा हुने हरेक दैवि प्रकोप र विनासको बेला हरेक प्रवासी नेपालीले नेपाल प्रति देखाएको मायाले बताउछ, सहयोगले बताउछ । त्यसैले म पनि समाज र देशका लागि आफु जहाँ रहे पनि जहाँ भएपनि केहि गर्नु पर्छ भन्ने व्यक्ति हुँ । मैले आफ्नै बखान गरेको हैन्, मेरो समाज देश प्रतिको योग्दान कति रहयो भनेर मुल्यांकन पछिको पिँढीले गर्ला । अब रहयो संस्थाको कुरा गैर आवसिय नेपाली संघ बेलायतले नेपालका सात वटै प्रदेशमा २/२ वटा गरी १४ थान भेन्टिलेटर अक्सिजन मेसिन प्रदान गरेको छ ।

अहिले अध्यायन गर्न नेपालबाट आएका विद्यार्थी दाजुभाइ दिदीबहिनीहरू बृद्द बुबाआमा असक्त परिवारहरू साथै केहि हाईस्किल परीक्षको लागी आउनुभएको साथिहरू लगायत काेभिड १९का कारण अप्टेराेमा परेका सबैका लागी इंल्याण्ड राज्य समन्य परीषदका अध्यक्ष ज्यु, र गैर आवसिय नेपाली संघ बेलायतको लागी अध्यक्ष श्रीमती पुनम गुरूङ ज्युको नेतृत्वमा सबै साथिहरू अहोरात खटेका छन, मानव कल्यणको लागी धेरै प्रयत्नहरू गर्यौ । हामी सबैमा एक प्रकारको जिउ जोगाउन नै गाह्रो थियो । सबैलाई सुरक्षित रहन प्राेत्साहन गर्याैं र आफु पनि सुरक्षित रहयाैं । उहाँहरू सबै हामी प्रति खुसि भएको आभास भयो । अझैं एउटा नेपालीको हैसियतले संस्था साथै मेरो आफ्नो व्यक्तिगत तर्फवाट यस्ता कार्यहरुमा निरन्तर लान्ने छु ।

अहिले कोभिड १९को यस विषम् परिस्थितिमा नेपाल र तपाईं रहेको लण्डन राज्यलाई तुलना गर्दा के फरक पाउनु भएको छ ?

हुन त म जहाँ रहे पनि जहाँ भए पनि नेपाली हुँ र म मा नेपाली पन छ । कहिलेकाहि आफ्नो जन्म थलो नेपालको परिवेश देख्दा सारै दुख लागेर आउँछ । किन भन्नु हुन्छ भने त्यहाँ कुर्चिको राजनिती गरिन्छ । परिवेश एकातिर राष्ट्र एका तिर तर राष्ट्र हाक्नेहरु अर्को तिर यस्तो विडमवनाले चित्त दुख्छ । तर यहाँ त्यस्तो छैन्, परेको बेला संकटको बेलामा कुनै पार्टि–पार्टि विचमा खिचातानि हुँदैन्, नेता कार्यकर्ताहरु आ–आफ्नो तर्फबाट जनताको लागि भरपुर लागि पर्दछन्, यो नै यहाँको राम्रो पक्ष हो । म चाहन्छु हाम्रो देशले पनि यस्ता कुरा सिक्नु पर्दछ । किन कि संकटको बेलामा लुछाचुडिको राजनीति नहोस् ।

अन्त्यमा भन्नै पर्ने छुटेको केहि कुरा छ की ?

भन्न पर्ने त धेरै छ । त्यता तिर नजाम् मात्र के भन्छु भने, यो विषम परिस्थितिमा कोहि आलिसान महलमा ऐस आरामको जिन्दगी विताईरहेका छन्, भने कसैलाई विहान बेलुकाको छाक टार्न पनि धौ–धौ परेको छ । उद्योग धन्दा, कलकारखाना बन्द छन्, काम गरेर खानेले सहज काम गर्न पाएका छैनन्, यसलाई मध्यनजर गर्दै देशका वाहकले चिन्तन मनन् गरुन् भोको कसैले मर्नु नपरोस कुर्ची लुछाचुडिको धन्दाबाट टाढारहुन्, यत्ति भन्न चाहन्छु ।

समय दिनु भयो यसका लागि धन्यवाद ।

धन्यवाद । मेरा केहि कुरा राख्ने शु–अवसर प्रधान गर्नु भयो यसका लागि सारथी संसार डटकम प्रति अभारि छु । आउने दिनहरुमा सारथी संसार डटकमको उत्तरोत्तर प्रगतिको कामना छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

भारतमा रहेका नेपाली मजदुरकाे सरकार उद्धार गर..

तिलक सिजापति आठबिस नपा. ९ दैलेख भारतको उत्तराखण्डमा