मेचीनगर–६ काँकरभिट्टामा जन्मिनु भएका अहिले बेलायतको फोक्सटन सिटीमा बसोबास गर्दै आउनुभएका धनकिरण गुरुङको ‘तिम्रो यादमा’ गीतको ‘यात्रा ‘एल्बम आज बेलायतको फोक्सटन सिटीबाट सार्वजनिक भएकाे छ । राजनीति, समाजसेवा संगै पूनः सांगेतिक क्षेत्रमा फर्किएका धनकिरणसंग सारथी संसार डट कमले गरेकाे छाेटाे कुराकानी यहाँहरूमाझ प्रस्तुत गरेका छाैं ।
-के छ ? आराम हुनुहुन्छ ?
आरामै छु ।
-कहिले देखि संगीत क्षेत्रमा लाग्नु भएको हो ?
संगीत क्षेत्र मेरो रुचिको विषय हो । म सानैबाट यस क्षेत्रलाई औधि माया गर्थें त्यसैले पानी पधेंरोमा जाँदा होस या गाई बाख्रा चराउन बनमा जाँदा म गुनगुनाई रहन्थे कहिले काहिँ स्कुलमा हुने कार्यक्रमहरुमा पनि भाग लिन्थें । पछि समय वित्दै गयो कामको जिम्मेवारी आफ्नो काँधमा आयो तर पनि यसको प्यस मेटिएन लगभग म ३५ बर्षको हुँदो हँु त्यस समयबाट अलि बढी समय दिएर लाग्ने प्रयास गरे तर कारण बस यसलाई निरन्तरता दिन सकेन ।
-बीचमा किन छोड्नु भयो ?
१८ बर्षसम्म ब्रिटिस सैनिकमा कार्यरत रहें २००४ सालमा अवकास पाए त्यसपछि बेलायतको राजनैतिकमा होमिन पुगें साथै बिभिन्न सामाजिक कार्यको ब्यस्तताले गर्दा संगित क्षेत्रलाई समय दिन सकेंन ।
-फेरी किन संगित क्षेत्रमा लाग्दै हुनुहुन्छ ?
यहाँ नजिक मेरो अलिकति अनुभव जोड्न चाहें । बेलायतको राजनैतिक ईतिहासमा नेपाली मूलको पहिलो काउन्सेलर भएर ब्रिटिस जन्ताहरु साथै गोर्खाली र नेपाली समुदायको सेवामा आफुलाई समर्पित गर्न पाउँदा राह्रै खुसी लाग्छ । जब आफ्नो काम पर्तिको लगाव साथै समर्पणले सबै ठाउबाट मायाका साथै सम्मान मिल्दछ त्यस पछिको खुसीको त बर्णन नै गर्न सकिदैन । यता काम संगै माया पाईरहँदा पनि मेरो बालापन देखिकै धेरै मन पर्ने संगित क्षेत्रको मोहले टाढा रहनै सकेन तानि रहयो । त्यसैले म जहाँ रहेपनि जहाँ पुगे पनि मेरो संगीतको प्यास चाँही मेटिएको थिएन। जसले मलाई माया प्रेम सदभाव अनि आत्मा शान्तिको सन्देश दिने एक मात्र माध्ययम संगीत भएकाले आनन्दको साथ सँगीतको प्यास मिटाउनको लागि यस क्षेत्रमा पूर्ण रोकिएको पाईलालाई निरन्तरता दिने चाहना बढ्यो ।
-संगीतमा लाग्दा राजनीति र समाजसेवालाई कसरी लैजानु हुन्छ ?
संगीत मेरो रुची हो । राजनीति र समाजसेवा मेरो कर्म हो । संगीत क्षेत्रले झन मेरो राजनैतिक र सामाजिक सेवा दुबैलाई अझैं यसले टेवा पुग्छ जस्तो लाग्छ । त्यसैले अब राजनीति समाजसेवा र संगीतलाई संग संगै अगाडी बदाउँछु।
-अन्त्यमा तपाईंको के भन्न चाहनु हुन्छ ?
जसरी मलाई राजनीति र सामाजसेवामा माया र हौसला दिएर यहाँसम्म पुर्याउनु भयो। मेरो सांगेतिक यात्रालाई पनि त्यसरी नै माया गरी दिनु हुनेछ भन्ने बिस्वास लिएको छु। यहाँहरुलाई स्मरण रहोस भिजीट २०२० को शूभ अवसरमा मेरो गीति एल्बम यात्राबाट ५ ओटा म्युजिक भिडियो युटुब मार्फत दर्शक स्रोता माझमा ल्याएको छु । यहाँहरुले युटुबमा हेरेर गीत सुनेर धेरै भन्दा धेरै शेयर साथै प्रतिक्रिया दिनु भई मेरो सांगेतिक यात्रालाई पूनः माया अनि साथ दिनुहुने छ, भन्ने विस्वास लिएको छु ।अन्त्यमा मेरो कुरालाई सबै समक्ष पुर्याउन सहयोग गर्ने सबैको लोक पृय मिडिया २४न्यूजप्रेस डट कमलाई हृदय देखी धन्यवाद दिन चाहन्छु ।
१, हे चरी 1st January 2020 (OSR)
२, तिम्रो यादमा 13th February 2020
३, बर्षौ बित्यो 20th February 2020
४, हावा सररर with अन्जु पन्ट 14th Nov 2020
५, यसरी घुरेर नहेर मलाई 20th Nov 2020