“तिमी”
क्रोधमा हुँदा पनि,
हु बहु देखिन्छेउ,
सेतो बादल जस्तै ।
र…
अनायासै वर्षिन्छौ
इन्द्रेणीको रङ मिसिएको झरी बनेर,
अंकमाल गर्न,
ती मेरा सुन्दर सपना सँग ।।

त्यसैले…
हर बखत यस्तो लाग्छ,
सेतो बादल सधै भरी,
मडारिरहोस आकाशमा ।
सप्तरङ्गी इन्द्रेणीको चट्याङ,
परीदियोस सधै यो हृदयमा ।।
अनि तत्काल बर्षात बर्षि दियोस
माया र प्रेमको ।।

तत्पश्चात्……
खुलोस आकाश तिमी भित्रको,
एक झरीको झोक्का
मज्जाले परोस् मेरो आँखामा,
म मन बाँधेर हेरुँला त्यो बखत
घमाइलो नजरले तिम्रो चेहेरा,
र….सम्झी दिउला जिन्दगी ।। कमल सरोवर (दैलेख )

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

काक्रेबिहार सांगीतिक साँझ २०२३को सम्पूर्ण तयारी सम्पन्न

दक्षिणकोरिया।सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान”