दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम कर्णालीमा स्लो बाईक प्रतियोगीता सम्पन्न भएको छ ।
तिब्र गति जीवनको क्षति भन्ने मुल नारालाई लक्षित गरि शुभ लक्षमी अटो पार्टस तथा मर्मत सेन्टरको आयोजना र शुभ विहानी क्लवको सह आयोजनाका साथै डिजिटल पार्टनर मोक्ष छापाखानाको विशेष सहयोगमा स्लो बाईक प्रतियोगिता सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी आनपाका उप प्रमुख कल्पना थापा, विशेष अतिथी वडा नं. ०४ का वडा अध्यक्ष टेक बहादुर माझि, ०६ का वडाध्यक्ष नवराज शर्मा अन्य अतिथी सूर्योदय एकेडेमीका प्रिन्सिपल धनन्जय सिजापति, जनचेतना माध्यामिक विद्यालयका प्रिन्सिपल टिकाराम कठायत लगाएत खेल प्रेमी युवा, दिदिबहिनी दाजुभाई तथा समाजसेवी राजनीतिक दल संघ संगठनका पदाधिकारी, बुद्धिजिवी कर्मचारी पत्रकार सबैको राम्रो उपस्थिति रहेको थियो ।
स्लो बाईक प्रतियोगितामा प्रथम हुनेलाई रु ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई रु ८ हजार पुरस्कार राशी प्रदान गरिएको थियो ।
प्रतियोगितामा प्रथम विजेता हुन सफल कालिकोटका लोकेन्द्र बहादुर शाहीले एक सय मिटरको दुरी २ मिनेट ५९ सेकेण्ड लगाए भने । दोस्रो हुन सफल दैलेखका राजकुमार हमालले २ मिनेट ५३ सेकेण्ड साथै तेस्रो हुन सफल कालिकोटकै नेत्र प्रसाद चौंलागाईंले २ मिनेट ४९ सेकेण्ड लगाएका थिए ।
स्लो बाईक प्रतियोगीता आठबीस नगरपालिका वडा नं. ४ को श्री जनज्योति मा.वि राकम कर्णालीको प्राङगढमा सम्पन्न भएको हो ।
जथाभावि तिव्र गतिमा सवारि साधन चलाउने व्यक्तिहरुलाई सचेतपार्न र खेल क्षेत्रमा युवाहरुको चाँसो बढाउन स्लो बाईक रेस प्रतियोगिता गरिएको शुभ विहानी क्लवका अध्यक्ष रमेश जंग माझिले बताए ।
साथै शुभ लक्ष्मी अटो पार्टस तथा मर्मत सेन्टरका प्रोः प्राईटर राजेश माझिले कार्यक्रमको समापन गरेका हुन् ।