काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतका कारण हुने डुबानको समस्या अन्त्यका लागि भारतलाई आग्रह गरेका बताएका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक पूर्वाधारका कारण नेपाली भूमि डुबानमा पर्ने अवस्थाको अन्त्यका लागि सरकारले स्पष्ट दृष्टिकोणका साथ भारत सरकारलाई आग्रह गरेको जानकारी दिएका हुन् ।

उनले विभिन्न देशको भ्रमण तथा मित्रराष्ट्रका सरकार प्रमुखको नेपाल भ्रमणले मित्रराष्ट्रसँगको सम्बन्ध थप बलियो भएको बताएका छन् । मन्त्री खड्काले द्विपक्षीय भ्रमणको आदानप्रदानले सम्बन्ध थप विस्तारित भएको तथा नेपालको सार्वभौमसत्ता, अखण्डतामा कुनै पनि आँच आउन नदिइएको समेत बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम