कर्णाली प्रदेश, जुम्ला
परिचय
जुम्ला जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार यस जिल्लाको जनसंख्या १,१९,३७७पुगेको छ भने पुरुषको सङ्ख्या ५९,८३६ र महिलाको सङ्ख्या ५९,५४१ रहेको छ। खलङ्गा बजार जुम्ला जिल्लाको सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो। १२औँ सताब्दीका राजा नागराजको राज्य स्थापना भएको जिल्लाको रूपमा पनि यो जिल्ला चिनिन्छ। यहाँ रैका राजवंश को एक शक्तिशाली राज्य मुकाम थियो। जुम्लाको रैका मल्ल राजाको राज्यको अर्को स्थान दुल्लु मानिन्थ्यो। यिनै ताम्रपत्रमा रैका/राईका आदेश लेखाउने जुम्लाको रैका मल्ल राजाको वंशज १४औं सताब्दी पछि डोटी गयो। यहाँका रैका राजा डोटी बिस्थापित भए पछि यस जिल्ला क्षेत्रमा कल्याल राजाको आधिपत्य स्थापित भएको थियो। यस भेगका कल्याल शाही हरू रैका राजा पछि स्थापित जुम्ला कल्याल बलिराजाका सन्तान हुन्।

नामकरण
परापूर्व कालदेखि यस जिल्लाको सदरमुकाममा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई डस्न/टोक्न दुईवटा अजिंगर (नाग) आउँदा भेट्टाउन नपाउँदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नाग एकैचोटी भष्म भए। यसरी भष्म भएका ती नागहरू पछि जुम्ल्याहा पहाडको रूपमा देखिएकाले जुम्ल्याहा शब्दको अपभ्रंश हुँदै यस जिल्लाको नाम जुम्ला रहन गएको हो भन्ने जनश्रुती छ।
जिल्लाको भौगोलिक अवस्था
२८°५८’ देखि २९°३०’ उत्तरी अक्षांश, ८१°५१’ देखि ८२°१८’ पूर्वी देशान्तरसम्म २५३१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको कर्णाली प्रदेश मा पर्ने पाँच दुर्गम हिमाली जिल्लाहरु मध्ये जुम्ला एक जिल्ला हो । भौगोलिक रुपमा दुर्गम भए तापनि इतिहासमा जुम्ला जिल्लाको महत्वपुर्ण पहिचान रहेको छ । नेपाल राज्यको एकिकरण हुनु पूर्व वाइसे राज्यहरुको मुख्य केन्द्रको रुपमा रहेको जुम्ला नेपाली भाषा र सस्कृतिको उदगम स्थल पनि मानिन्छ । मध्यकालिन युगमा जुम्ला एक समृद्ध एवं शक्तिशाली राज्यको रुपमा रहेको तथ्य प्रष्ट हुन्छ । यस जिल्लाको सदरमुकाम रहेको खलंगामा सबभन्दा पहिले प्राचिनकालमा भारतबाट आएको चन्दननाथ बाबा सहित दुईजना ब्रम्हाचारीहरुले वस्ती बसाई कृषि र शिक्षाको प्रचार प्रसार गरेका थिए भन्ने लोकोक्ति रहेको पाइन्छ । उत्तर र पूर्वबाट दुईवटा नागरुपी जुम्लाहा डाँडाहरु तिला र जवा दुई जुम्लाहा नदीको संगम भएकोले यस जिल्लाको नाम जुम्ला रहन गएको किम्वदन्ती छ।

यातायात, संचार र आधुनिकिकरणको दृष्टिकोणले विकट र दुर्गम भए तापनि अति सुन्दर चम्किलो हिमाली चुचुराहरु, तालहरु र मनमोहक अनगिन्ती प्राकृतिक नदिहरुले सिंगारिएको जुम्ला प्राकृतिक सम्पदा र संस्कृतिको धनी जिल्ला मान्न सकिन्छ । यस जिल्लाको पूर्वमा डोल्पा, पश्चिम कालिकोट, उत्तर मुगु र दक्षिण जाजरकोटसंग सीमाना जोडिएको छ ।
प्रशासनिक विभाजन
जिल्लामा ८ स्थानीय तहहरू छन्, जसमध्ये १ नगरपालिका र ७ गाउँपालिका छन्।
- चन्दननाथ नगरपाविका
- पातारासी गाउँपालिका
- गुठीचौर गाउँपालिका
- तातो पानी गाउँपालिका
- तिला गाउँपालिका
- हिमा गाउँपालिका
- सिँजा गाउँपालिका
- कनकासुन्दरी गाउँपालिका

प्रमुख अन्नवालीहरु
जुम्ला जिल्लाको प्रमुख अन्नवालीहरुमा मकै, कोदो, जौ, विश्वको उच्च स्थानमा फल्ने धान, गहुँ, कागुनो, चिनो, फापर, उवा हुन भने फलफूलमा स्याउ, ओखर, खुर्पानी, आरु, आरुबखडा पर्दछन् । सिमि, भट्मास, आलु, गाजर, केराउ, केशर , गुच्चे च्याउ, मौरी पालन, भेडा बाख्रा पालन व्यवसाय नगद आय आर्जनका उत्कृष्ट वाली हुन् । त्यसैगरी कम तौल र वढी मुल्य भएका तरकारी बीउ उत्पादन खासगरी काउली, मुला, रायो, गाजर, स्वीसचार्ड यस जिल्लाका राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिस्पर्धि एवं तुलनात्मक लाभका बालीहरु हुन् ।

जिल्लाका प्रमुख नदी र ताल तलैयाहरू
तिला, हिमा, जुवा नदीहरू हुन् भने विष्णु ताल, हुड्के ताल, जोगीनी ताल, शङ्ख दह, ठाकुरज्यू दह, गिडी दह आदि प्रमुख ताल र दहहरू हुन् । जसमा
हिमा नदी
कान्जिरोवा हिमालको फेदीबाट सुरु भइ समग्र सिंजा क्षेत्र हुँदै दक्षिणतिर बग्ने एक प्रमुख नदी हो । यस नदीले सिंजा क्षेत्रमा रहेको अधिकांश जमिन सिंचित गरेको छ । सिंचाई, खानेपानी तथा बिधुत उत्पादनको दृष्टिकोणले महत्वपूर्ण मानिने यो नदी सिंजा सभ्यताको विकासको मुलभूत पक्ष मानिन्छ ।
तिला नदी

जुवा नदी
जुम्ला जिल्लाको पातारासी गा.वि.स स्थित कान्जिरोवा हिमालवाट बग्दै छुमचौर, पातारासी, डिल्लीचौर, पटमारा हुदै च.ना. न.पा.लाई सिंचित गर्दै दान सागु त्रिवेणीमा तीला नदीसंग मिसिएको छ । सो नदीको नाम जुवा नदी हो ।
प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू
श्री चन्दननाथ मन्दिर, श्री भैरवनाथ मन्दिर, श्री दरवारमालिका मन्दिर, श्री कनकासुन्दरी मन्दिर, श्री चिमरा मालिका भगवती मन्दिर, श्री शिव मन्दिर, श्री ठाकुरज्यू मन्दिर, भण्डार वन, सिस्ने हिमाल, पातारासी हिमाल, रारा राष्ट्रिय निकुञ्ज, सिंजाक्षेत्र, विराट दरबार, तातोपानी, गोठिचौर, बागबानि स्याउ तथा तरकारी फार्म, कर्णाली प्राबिधिक शिक्षालय क्षेत्र , हुड्के दह र पाण्डव गुफा यस जिल्लामा रहेका धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरू हुन्।
चन्दननाथ मन्दिर

विराट दरवार
२४ सय राज्यकाल अर्थात द्धापर युगको समयमा हाल जुल्ला जिल्लाको सिंजा क्षेत्रमा अवस्थित विराट गा.वि.स को उत्तर पश्चिम शिरको डाँडोमा विराट राजाको दरवार रहेको किम्वदन्ति छ । सोही दरवारको दक्षिण पश्चिममा पाण्डवगुफा अवस्थित रहेको छ । पाण्डव कौरव युद्धको समयमा कौरव पक्षवाट लखेटिएका पाँच भाई पाण्डव सहित पत्नी द्रौपति समेत गुप्तवासको शिलसिलामा विराट राजाको दरवारमा एक वर्ष सम्म विभिन्न रुपधारण गरी वसेको किम्वदन्ति छ । उक्त समयमा पाण्डव तथा विराट राजाले प्रयोग गर्ने विभिन्न पुरातात्विक महत्वका सामाग्रीहरु फेला पर्ने गरेको पाईन्छ । हाल उक्त ऐतिहासिक क्षेत्रको जिर्णदारको अभावले विराट दरवारको भग्नावशेष मात्र बाँकी रहेको छ ।
भैरवनाथ
ब्रम्हा, विष्णु र शिव स्वरुप धारी श्री दत्तात्रेयको सहयोगी तान्त्रिक देवताका रुपमा प्रतिष्ठीत श्री भैरवनाथ बटुको कोखवाट प्रकट भएको हुनाले वटुक भैरवनाथ भनिएको हो । जुम्लामा दत्तात्रेय र भैरवको स्थापनाको सयम निर्धारण सम्वन्धमा त्यस्तो भरपर्दो समाग्री पाउन सकिएको छैन ।

चिमरा मालिका
चिमारा मालिका जुम्ला जिल्लाको गज्याँकोट र डिल्लीचौर गा.वि.स को सिमा क्षेत्रमा अवस्थित चिमारा मालिका भगवतीको मन्दिर ढुङगैढुङगा द्धारा निर्मित गरिएको छ । उक्त मन्दिर मालिका चतुर्दशिका दिन जुम्ला वासीहरु सवै भेला भई पुजाआज गर्छन । उक्त मन्दिरमा पुजारी परम्पराकाल देखि खल्लालवाडाका न्यौपाने परिवार रहेका छन् । चिमारा मालिका धार्मिक पर्यटकिय दृष्टिकोणले रमणीय छ । मालिका चतुर्दशिका दिनमा भगवतीको लिङगा खडा गरिन्छ । धार्मिक र पर्यटकीय महत्व बोकेको ऐतिहासिक क्षेत्र जुन तिला र जुवा नदीको बिचमा चुलिएको छ जँहाबाट जुम्ला जिल्ला तथा विभिन्न छिमेकि जिल्लाको दृश्यावलोकन समेत गर्न सकिन्छ ।
कनका सुन्दरी
जुम्ला जिल्ला स्थित कनकासुन्दरी गाउँपालिकामा अवस्थित उक्त कनकासुन्दरी मन्दिर धार्मिक तथा पर्यटकिय स्थलको रुपमा प्रख्यात रहेका छ । विगत चौबिसे राज्यसमयमा उक्त मन्दिरमा ४ वटा ढुङगामा कुदिएको शिवबाघ आकाशवाट उक्त स्थानमा सिधै खसी आएको किम्वदन्तीका साथै उक्त मन्दिरको मुर्ति ढुङगामा कुदिएका छ । वडिमालिका भगवतिको पुजाआजा गरी आइसके उक्त मन्दिरमा जुम्ला जिल्लाबाट टोलीहरु फर्की त्रीयादसिका दिन बोका बलि चडाई पुजा आजा गर्ने परमपरा समेत रहेको जनविश्वास रहेको पाईन्छ ।
ठाकुज्यू मन्दिर

व
व्यापारिक महत्वका स्थानहरू
यस जिल्लाको मुख्य व्यापारिक केन्द्र जुम्ला-खलङ्गा बजार हो भने अन्य केही साना व्यापारिक । केन्द्रहरू यसप्रकार छन् :- तलिउम, तातोपानी, नाग्मा, नराकोट, हाटिसंजा, उर्थु चौतारा, डिल्लीचौर, चौथा, मणिसांघु पर्दछन । खलङ्गा बजार साविक कर्णाली अञ्चलको सदरमुकाम हुनुका साथै जुम्ला जिल्लाको पनि सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो।
सिंजा क्षेत्र

नाग्मा र उर्थुचौतारा
जुम्ला र कालिकोटको सिमानामा अवस्थित नागबेली परेको डाँडा फेदमा रहेको भु भागलाई नाम्म भनिन्छ । उक्त स्थानमा सिजावाट आएको हिमा नदि र जवा तिलाको संगम स्थलको रुपमा परीचित छ । नाग्मा क्षेत्रवाट नाग्म गमगडी सड्क खण्ड निमार्ण भएकाले सिजाका नौ गा.वि.स र मुगुमा आवागमनको लागि सुविधा भएको छ । चौधविस दराको पटमारा गा.वि.स मा अवस्थित चौराह परेको स्थानलाई उर्थु चौतारा भनिन्छ । उर्थुचौतारा पटमारा गा.वि.स को व्यापार व्यवसाय गर्ने बजारको रुपमा चिनिन्छ । ६ भाई आरसिन चौधाविस पटमारा गा.वि.स उर्थु रिनी वाता घोडासिन वस्ती रहेका छन् ।
गोठीचौर


देशको समृद्धिका लागि पनि पर्यटकीय क्षेत्रलाई विश्व सामु पस्किन जरुरी छ।
सङ्कलन: पि.एस. क्षेत्री, स्रोत: गुगल