लुम्बिनी प्रदेश,रोल्पा

परिचय

रोल्पा नेपालको लुम्बिनी प्रदेशमा पर्ने एक पहाडी जिल्ला हो। रोल्पा जिल्लाको क्षेत्रफल एक हजार आठ सय ७९ बर्ग किलोमिटर रहेको छ । नेपालको पहाडमा अवस्थित रोल्पा पश्चिम नेपालको लुकेको रत्न हो। ठूला पहाड, घना जङ्गल, धनी संस्कृति र मानिसहरूको परम्परा, धार्मिक स्थल र फराकिलो उपत्यका भएको रोल्पामा यो ठाउँबाट बाहिर निस्कन खोज्ने सबै कुरा छन्। रोल्पाको प्रशासनिक सदरमुकाम लिबाङ हो । यो सहर पहाडी भेगमा बसेको छ । सन् १९९६–२००६ को गृहयुद्धमा रोल्पा माओवादीको प्रमुख गढ थियो । सन् २००२ को मे महिनामा रोल्पा–प्युठान सीमा नजिकैको सिस्नेलेखमा माओवादी छापामार र सेनाबीच ठूलो लडाइँ भएको थियो । यससँग जोडिएका जिल्लाहरू दक्षिणमा दाङ, पूर्वमा प्युठान, पश्चिममा सल्यान र उत्तरमा रुकुम पर्दछन् ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार रोल्पाको कुल जनसंख्या २,३६,२२६ जसमध्य पुरुषको संख्या १,१०९,६६ र महिलाको संख्या १,२५,२६० रहेको छ। रोल्पा सांस्कृतिक र जातीय हिसाबले धनी र विविध छ। यस क्षेत्रका आदिवासी जनजाति खाम मगर हुन्। यहाँ बसोबास गर्ने अन्य प्रमुख जातजातिहरू ब्राह्मण, क्षेत्री, नेवार, दमाई, कामी, सुनार, मगर हुन्। रोल्पा एक उच्च भूमि हो जसले जमिनलाई सिँचाइ गर्न र ठूलो मात्रामा बाली खेती गर्न गाह्रो बनाउँछ। तर, माडीखोला वरपरको जमिन उर्वर र सिँचाइको प्रचुर मात्रामा छ । त्यसैले यस क्षेत्र वरपरका मानिसहरू धान, कोदो, मकै, जौ खेती गर्छन्। कृषिसँगै कतिपय जनता निजामती कर्मचारी, व्यापारी, प्रहरी वा सेनामा र मजदुर छन् ।


नामाकरण

रोल्पा” भनेर चिनिने यो जिल्ला स्थान विशेष “रोल्पाथुम”को कारणले रोल्पा बनेको हो। तर अनौठो कुरा के छ भने अहिले “रोल्पा” भन्ने स्थान रोल्पा जिल्लामा नपरी सल्यालमा पर्दछ। सीमाना हेरफेर गर्ने क्रममा रोल्पाथुमको केही भाग रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा परेको हो। त्यही क्रममा रोल्पाथुमको केही भाग सल्यान जिल्लामा मिलाउँदा “रोल्पा” पनि सल्यान मै छुट्न गएको हो।

भौगोलिक अवस्थिति

  • देशान्तर: ८३.१० देखि ८३.९० पूर्व
  • अक्षांस: २८.८० देखि २८.३८० उत्तर
  • उचाई: समुद्र सतहदेखि ७०१ देखि ३६३९ मीटरसम्म
  • सदरमुकामको उचाई: समुद्र सतहबाट १३७५ मीटर
  • क्षेत्रफल: १८७९ वर्ग किलोमीटर
  • सिमाना: पूर्व बागलुङ्ग र प्यूठान, पश्चिम सल्यान, उत्तर रुकुम, दक्षिण दाङ रहेका छन ।

ऐतिहासिक पृष्ठभूमि

एकीकरण पूर्व अन्य बाइसे-चौबिसे राज्यहरूमा जस्तै यस भेगमा पनि छुट्टै राजाहरूले राज्य गर्दथे। तथापि यहाँका राजाहरूले अन्य राजाहरू जस्तो प्रख्याति पाएको भने सुनिदैनथ्यो। त्यसकोकारण सम्भवतः राज्यको क्षेत्र सानै भएर हुन सक्छ। गजुलकोटमा काठमा लेखिएको वि.सं. १७०३को अभिलेख पाइएबाट त्यहाँ राजदरवार रहेको प्रमाणित हुन्छ। सेन राजा गजुलमा सुरूदेखि नै बसेको भने पाइदैन। गजुल क्षेत्रमा राज्य व्यवस्था त थियो तर त्यहाँ केही समय राजा नभएकोले त्यहाँका काजीहरू राजगुण भएको प्रतिभाशाली व्यक्तित्वको खोजीमा थिए भन्ने जनश्रुति छ। उनीहरूले गजुलमा एउटा पोखरी खन्ने क्रममा नजीकैको चौतारीमा शिरको फेटा फुकालेर जो व्यक्ति बस्छ उसैलाई राजा बनाउने गुप्त सल्लाह गरेका थिए। यस्तैमा जाजरकोट जक्तिपुरबाट आएका तुथासेन त्यही चौतारीमा आई काजीहरूको गुप्त सल्लाह अनुसारको प्रकृतिबाट बसेपछि उनलाई नै राजा बनाइयो।


तुथासेन त्यहाँ आई पुग्ने अवस्था पनि मार्मिक रहेको पाइन्छ जुन यस प्रकार छ- तुथासेन जाजरकोट जक्तिपुरका राजा थिए। उनी निकै धार्मिक प्रकृतिका व्यक्ति थिए। उनका भाईको दुर्भाग्यवश निधन भएपछि विधवा भाइ बुहारीलाई उनले नै विवाह गर्नपर्छ भनी वाध्य गराउन थाल्दा सो कुरा नमानी विरक्तिएर राज्य समेत ब्राम्हणहरूलाई दान गरेर मुक्ति क्षेत्रतर्फ हिडेका बखत सोही क्रममा उनी गजुलकोट आई चौतारामा बसेका रहेछन्। उनले त्यहाँको राजा हुन स्वीकारे पछि उनको विवाह रुकुम दरिजेनमका राजाकी छोरी तुरुवावतीसँग गराइयो। त्यसबखत गजुल राज्य अन्तर्गत १८ गाउँ थिए। तुथासेनका ५/६ पुस्ता पछिका धैर्यपाल गजुल मै राजा भए र उनका भाइ कर्णपाल खुँग्रीकोटका राजा भए। उनलाई राज्य रजौटा उन्मुलन पश्चात् पनि भत्ता उपलब्ध भईरहेको थियो। त्यसरी भत्ता प्राप्त गर्नेअन्तिम राजा भने फत्ते प्रचण्डबहादुर सिंह हुन्। उनको वि.सं. २०४९ सालमा मृत्यु भयो।

वि.सं. २०१८ सालमा नेपालका ३४ जिल्लाहरूलाई ७५ जिल्लामा विभाजन नगर्दा सम्म रोल्पा जिल्लाको वर्तमान क्षेत्र प्युठान र सल्यान  जिल्लामा पर्दथ्यो। पछि सात सय सखी, आठ हजार बुढागाउँ, नौसय माडिखोला, रोल्पा बाईसखुवा र कालाशेष थुम (मौजा)का नामले चिनिने वि.सं. २०१८ साल पूर्वको रोल्पा क्षेत्र वि.सं. २०१८ सालमाप् युठान र सल्यानको केही क्षेत्र मिलाई बनाइएको र त्यस वखत ३३ गाउँ पञ्चायत रहेको थियो। पछि वि.सं. २०३४ सालमा सीमाना हेरफेर गरी ५१ गाउँ पञ्चायत बनाइयो । रोल्पामा ५१ वटा गा.वि.स. नै कायम रहेकोमा नेपाल सरकार मन्त्री परिषद्ले २०७१ मंसिर १६ गते लिवाङ र खुमेल गाविसलाई गाभेर लिवाङ नगरपालिका घोषणा भएपछि ५१ गाविस र १ नगरपालिका रहेका थिए।

निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

स्थानिय तहको विभाजन

संघिय संरचना अनुसार रोल्पा जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर  १ नगरपालिका र ९ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएको छ ।

  • रोल्पा नगरपालिका
  • सुनिल स्मृति गाउँपालिका
  • लुंग्री गाउँपालिका
  • सुनछहरी गाउँपालिका
  • थबाङ गाउँपालिका
  • परिवर्तन गाउँपालिका
  • गंगादेव गाउँपालिका
  • माडी गाउँपालका
  • त्रिवेणी गाउँपालिका
  • रुन्टीगढी गाउँपालिका 

नदी नाला र झरना

खोलानाला हरुमा माडीखोला, लुग्रींखोला, फगामखोला, त्रिवेणीखोला, बोज्याङखोला, शिवाङखोला, धासीखोला, मिरुलखोला, फिवैखोला, पाखापानीखोला, बाँफुखोला, ग्वारखोला, गोठीखोला, हलहलेखोला, जिनावाङखोला, अरहङखोला, पारीवाङखोला, गजुलखोला, जुगाँरखोला, घोडाखोला, कलमखोला, राँक चुरागाढखोला, चक्रीखोला, स्यानीगाढखोला, डाढाखोला र कुटेखोला आदि रहेका छन भने झरनाहरुमा सुनछहरी झरना- स्युरी, लहरीखोला झरना- तालाबङ र जायछहरा झरना- राँक आदि रहेका छन।

धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरु 

सिस्नेजलजला, लिबाङ, ढुङ्गेबगैचा, बडाचौर, जेलबाङ्ग, सुनछहरीझरना, थबाङ्गगाउँ, सुलिचौर 

जलजला

जलजला रोल्पा जिल्लाको चिनारी हो । यो रोल्पाको उत्तरमा रहेको छ । जलजला पहाडको उच्चस्थानमा पुगेर पनि त्यसको वरपर होचा र अग्ला लेकका चुच्चाहरु चढ्न निकै समय लाग्छ । त्यति अग्लो भएर पनि यसको बीच भागमा स्वच्छ पानीको मुहान छ । त्यहांबाट बग्ने पानी जेल्बाङको उर्वर भूमि भएर बग्दछ । त्यहां वरपर मूलबाट बग्ने नदीहरुको नामाकरण पनि गरिएको छ । लेककै दक्षिणबाट उत्तरतिर पानी बग्ने भएकाले त्यहां उत्तरगङ्गा नाम गरेको सानो नदी पनि छ । त्यहाँ रहेको भामा गुफा निकै प्रचलित छ । यस बारेको जनश्रुति अहिले पनि बूढाबाकाहरुको बीचमा निकै लोकप्रिय छ । भनिन्छ, पहिले पहिलेका मान्छेहरु त्यो बाटो भएर हिंड्दा गुफामा रहेका भामा बाबाले त्यहाँ बास बस्न दिने र खाना पनि खुवाउने गर्दथे । त्यहां रहेको घम्मिरेको लेक सबैभन्दा अग्लो लेक हो । त्यो पश्चिम दक्षिणतिर निकै ठाडो र भिरालो परेको छ भने पूर्वउत्तरतिर भने रमाइलो सम्म परेको सजिलो भूभाग रहेको छ । जलजलाको पूर्वमा निकै रमणीय विविधतायुक्त र रहस्य जस्ता लाग्ने ढुङ्गा, पखेरा र पहराहरु रहेका छन् । तर उत्तरतिर भने थवाङ र उवा गाउ विकास समितिहरुमा जाने बाटाहरु भएको सापेक्षिक सजिलो र केही भिरालो जमीन रहेको छ । जैविक विविधता भएको जलजलामा विविध वनस्पति तथा जङगली पशुहरु पाइन्छन् । यहां च्याखुरा, प्युरा, फक्रांस, डांफे, आदि जस्ता लोप हुंदै गरेका पङ्क्षीहरु पाइन्छन् । जलजलाको संरक्षणपछि कस्तुरी पनि फैलन थालेको छ । बंदेल त यहां बग्रेल्ती नै पाइन्छन् । सबैभन्दा राम्रो र मनमोहक भनेको यहांको पाखा र पखेरामा फुल्ने विभिन्न रङका लाली गुरांस नै हुन् ।  

देशको समृद्धिका लागि पनि पर्यटकीय क्षेत्रलाई विश्व सामु पस्किन जरुरी छ। 

               सङ्कलन: पि.एस. क्षेत्री, स्रोत: गुगल

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आन्तरिक पर्यटक बृद्धिको अभियान।स्वागत गर्छ नवलपरासी(बर्धघाट सुस्ता पश्चिम) , हेर्न आउ प्रकृतिको बरदान॥

लुम्बिनीप्रदेश, नवलपरासी(बर्धघाट सुस्ता पश्चिम) परिचय नेपालको लुम्बिनी प्रदेश अन्तर्गत