रेनुका कार्की
उदयपुर

आज सामाजिक संजाल उच्च उपयोगमा छ
कोरोना र लकडाउनले हजारौं विश्लेषक जन्माएको छ
कयौंमा डाक्टरी ज्ञान थपेको छ
तर,
विश्लेषक पनि दुई भागमा विभाजित भएका छन
एक पक्ष गुणगान गाउँदै छ
देश बिकास गर्ने कसम खाएका नेताको धक्कसंग
नेताले गरेको समाजसेवा देखि भुकछन मख्खसंग
योजना विहिन गफ छाट्दैछन भडक्क भडक्क
तर्क बिनाको विश्लेषण गर्दैछन ठक्क ठक्क
नेताको चाकडी गर्दै (हिड्छन) चुमुक्क चुमुक्क
अनपढ नेताको नाम जप्दै छन् गमक्क भै
भुक्दै छन सरकारी राहत डमक्क भै
र,
अर्को पक्ष गर्दै छ आलोचना
अनुपयुक्त लकडाउनको अन्त्य गर भन्दै
साथमा भुक्दै छ कोरोना बिरुद्ध लापरबाही सरकार भुक्दै
सरकारको चाललाई कछुवाको चाल भन्दै
नेताको कुरा काट्दै छ नालायक भन्दै
भन्दै छ राहतजति सबै नेताले ओसारे
मजदुर र छाकबिहिनलाई बाटोमै पसारे
क्वारेन्टाइन र चेकजाँच भएन रे दुरुस्त
सरकार गिराउ भित्र वा बाहिरबाट तुरुन्त
म,
अह: विश्लेषक हैन
हेर्छु,
पढ्छु,
अनि आफ्नो डिग्रीले विश्लेषक नबनाएको महशुस गर्छु।
त्यसैले त,
करोडौं विश्लेषकको जमातमा
जमातको दर्शक बन्छु
म दर्शक दिर्घाबाटै
दुई पक्षिय ज्ञान् आर्जन गर्छु
अह: म बन्दिन सामाजिक संजालको विश्लेषक ..!!

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

काक्रेबिहार सांगीतिक साँझ २०२३को सम्पूर्ण तयारी सम्पन्न

दक्षिणकोरिया।सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान”