काठमाडौँ । जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पपछि निरन्तर साना र ठूला परकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि चार घण्टाको अवधिमा ४ रेक्टरस्केलभन्दा माथिका तीनवटा परकम्प गएका छन् । भूकम्प लगत्तै १२ बजेर ८ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको परकम्प गएको थियो । त्यसपछि १२ बजेर २९ मिनेटमा ४ दशमलव २ रेक्टरस्केलको अर्को परकम्प गएको थियो ।

त्यस्तै, १२ बजेर ३५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको परकम्प गएको थियो । अरु साना परकम्पहरु निरन्तर गइरहेका छन् । परकम्पबाट थप क्षति हुने जोखिम कायमै रहेकाले सचेत रहन र चर्केका घर तथा संरचनामा नबस्न राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् डा। मुकुन्द भट्टराईको सुझाव छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम