अक्सर म पनि
छोरो भैदिएको भए,
बुढेसको लाठ्ठि मै बनिदिन्थे होला ।
एक हात बाबाको अनि अर्को
आमाको यसरि
डोर्याउदै, मेरो काँध तिम्रो
बिसाउनि बनाइ,यदि बेदना
सार्न मिल्थयो भने, मै
सहिदिन्थे होला ।।

अक्सर म पनि
छोरो भैदिएको भए, सम्पत्तिमा
मात्र किन हरेक दुस्खको
अंश मै लगाउथे होला ।
दःखमा मिलेको खुसिमात्र
खास ठान्ने तिमीलाइ,सुख
चयनमा बिलासि बनाएर,यदि
जिवनको परिभाषा मिल्थयो
भने ,कुकर्मले नै
किन-न-होस बिलासिता
दिलाउथे होला ।।

अक्सर म पनि छोरो
भैदिएको भए,
हाम्रो वंशको एक पिढि मै
थपिदिन्थे होला ।
जिजुको पुस्ता देखि तिम्रो
पुस्ता सम्म नफक्रिएको फूल
मेरो शिरमा फुलाएर,यदि
तिम्रो सपना पूरा हुन्थयो भने,
मै फुलिदिन्थे होला ।।

अक्सर म पनि
छोरो भैदिएको भए,
जन्मिएकै आमाबुबाको
काखमा जीवन फुलाउथे
होला।
नाम पछाडि तिम्रै थर लेखेर
यदि मेरो हक दाबि हुन्थयो
भने, मुस्कुराउदै पहिचान
खुलाउथे होला ।।

अक्सर म पनि छोरो
भैदिएको भए ,
तिम्रो नाउमा दान)पुण्य
मै गरिदिन्थे होला ।
नजिकको तिर्थ सदा
सम्झिएरै यदि बैगुन्ठमा
तिम्रो आत्मलाइ शान्ति
मिल्थयो भने, बैगुन्ठको
गेट-पाले मै बनिदिन्थे होला ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

काक्रेबिहार सांगीतिक साँझ २०२३को सम्पूर्ण तयारी सम्पन्न

दक्षिणकोरिया।सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान”