काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको क्यासिनोमा भएको आगलागीको घटनाप्रति दुस्ख व्यक्त गरेका छन् ।

घटनामा मृत्यु भएका एक नेपालीसहित १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले निधन भएका पाण्डेको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

आगलागीमा परेर झापाको बिर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डे सहित १९ जनाको निधन भएको थियो । प्रधानमन्त्री प्रचण्डले पाण्डेको शव नेपाल ल्याउन पहल गर्ने बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम