एजेन्सी । याइर लापिड इजरायलका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।

संसद बुधवार राति स्वतः विघटन हुने र मुलुक चार वर्षभन्दा कम समयमै पाँचौँ आम निर्वाचनमा जाने देखिएको छ । सत्ता साझेदारी सम्झौता अन्तर्गत मध्यमार्गी एस एटिड पार्टीका नेता तथा विदेश मन्त्री लापिडले वर्तमान प्रधानमन्त्री नाफ्टाली बेन्नेटको स्थान लिने भएका छन् ।

गत वर्षको चुनावपछि उनीहरूले आठ पार्टी सम्मिलित ‘अस्वाभाविक’ गठबन्धन सरकार बनाएका थिए । यो सरकार गत साता ढलेपछि नयाँ चुनावका लागि मार्ग प्रशस्त भएको हो । यस घटनाले इजरायलमा लामो समय प्रधानमन्त्रीको हैसियतले काम गरेका बेन्जामिन नेतान्याहुलाई पनि द्वार खुला भएको छ ।

यद्यपि, नेतान्याहुविरुद्ध भ्रष्टाचार सम्बन्धी थुप्रै मुद्दा चलिरहेका छन् । उनले आफूविरुद्ध लगाइएका सम्पूर्ण अभियोग अस्वीकार गर्दै आइरहेका छन् । इजरायलको संसद नेस्सेटमा बाहुल्य कायम गर्ने भविष्यवाणी गरिएका नेतान्याहुको दक्षिणपन्थी लिकुड पार्टीलाई गत जुनमा बेन्नेट र लापिडले असफल गरेर दुईवर्ष लामो राजनीतिक गतिरोध तोडेका थिए ।

बेन्जामिन नेतान्याहुले गठबन्धन सरकार ढल्नु इजरायली जनताको लागि निकै ठूलो समाचार भएको प्रतिक्रिया दिएका छन् । पूर्व टेलिभिजन समाचार प्रस्तोता ५८ वर्षीय लापिडले अक्टोबरको उत्तरार्ध वा नोभेम्बरको सुरुमा चुनाव सम्पन्न नहुन्जेल सम्मका लागि काम चलाउ प्रधानमन्त्रीको हैसियतले काम गर्ने भएका छन् । लापिडले दक्षिणपन्थी यामिना पार्टीका नेता बेन्नेटसँग पालैपालो प्रधानमन्त्री बन्ने सम्झौतामा सहमति जनाएका थिए । बीबीसी

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम