दैलेख । हाम्रो समाजमा केही यस्ता गहना हुने गर्दछन्, जसले समाजलाई कुनैन कुनै हिसावले त्यो समाजको पहिचान दिलाएका हुन्छन् । यस्ता गहनारुलाई बचाई राख्नु हामी सबैको त्यत्तिकै भूमिका रहने गर्दछ । ति गहना कलिलेकाही कसैको निजि स्वामित्वमा पनि हुने गर्दछन्, त कहिलेकाही सामाजिक यस्तै दैलेखको आठवीस नपा. वडा नं. ८ तिलेपाटामा रहेको झण्डै १८० बर्ष पुरानो घर तीन परिवारको स्वामित्व रहेको थियो ।

सबैले आ-आफ्नो तरिकाले छुट्टा छुट्टै घर बनाई बसेकाले घरको रेखदेख गर्ने कोही भएन् । यसै कारण यो बर्षको बर्षातले घर खण्डहरमा परिरणत भयो । यस घरको आफ्नै परिचय छ । यस घरलाई चाकपाणा बडुवालको घर भनेर पनि चिनिन्छ ।

तर यस घरले धैरैलाई आश्रय पनि दिएको छ । तिलेपाटा एउटा शैक्षिक केन्द्र हो । त्यसैले पहिले धेरै ठाउँबाट एसएलसी दिनलाई विद्यार्थीहरु आउने गर्थे त्यस अवस्थामा यहि घरमा बस्थ्ये । १८० बर्ष पुरानो यस घरले सबैलाई सक्दो गुन लगाएको छ । तथापी यस प्रति सबैको माया छ । यदि यस घरको पूनः निर्माण गरेर हाम्रो समाजका पौराणीक चिच सामानहरु राखेर कला संस्कृति झल्काउने खालको संग्रहालय रुपमा परिणत गर्न सकेको खण्डमा यस घरसंग जोडिएका सम्पूर्ण परिवार साथै त्यो ठाउँको नाम अम्मर अजर रहनेमा कुनै दुईमत छैन् । किन भने यदि यसो गर्न सकेको खण्डमा त्यो संग्रहालय मात्र नभएर तिलेपाटा अध्ययन गर्ने विद्यार्थीहरुको रिसर्च सेन्टर पनि बन्ने छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम