धादिङ । जिल्लामा पहिलो पटक सञ्चालन गरिएको मेयरकप ब्याडमिन्टन प्रतियोगिता सकिएको छ । आठ विधामा सञ्चालित प्रतियोगितामा २० समूह र १२ व्यक्ति पुरस्कृत हुनुभएको छ ।

पुरस्कृत समूहमा नीलकण्ठ नगरपालिका पुरुष युगलमा टेक गुरुङ र ईश्वर थापा मगर तथा पालिका युगलतर्फ तिनेश तिमल्सिना र रमेश कोइराला प्रथम हुनुभएको छ । पैँतालीस वर्षमाथिको भेट्रान्समा गणेशकुमार श्रेष्ठ र कृष्णकुमार श्रेष्ठ तथा अफिसर्स युगलमा भीमप्रसाद ढुङ्गाना र दुर्गा शाही प्रथम हुनुभएको छ । भेट्रान्स खुलातर्फ राजेन्द्र अधिकारी र सबिन तामाङ प्रथम हुनुभएको छ ।

जिल्लास्तरीय महिला सिङ्गलमा बबिता पुरी, पुरुष सिङ्गलमा सबिन तामाङ र १९ वर्षमुनि पुरुषतर्फ शलिन गुरुङ प्रथम हुनुभएको आयोजक समितिका राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । मेयरकप ब्याडमिन्टन प्रतियोगितामा नीलकण्ठ नगरपालिकाका प्रमुख ढुङ्गाना आफैँले खेल खेलेर पुरस्कृत हुनुभएको हो ।

पुरस्कृत खेलाडीलाई नगरपालिका प्रमुख ढुङ्गाना, जिल्ला न्यायाधीश देवेन्द्र पौडेल, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष विष्णुलाल श्रेष्ठले समापनका अवसरमा निर्माणाधीन ब्याडमिन्टन कभर्ड हल निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम