जनकपुरधाम । पर्सामा भएको झडपका क्रममा ६ दिनअघि मृत्यु भएका मुकेश चौरसियाको अझैं पोष्टमार्टम हुन सकेको छैन । 

गत बिहीबार नेकपाको बिन्दावासिनी गाउँपालिका अध्यक्षको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले विथोल्न खोज्दा भएको झडपमा परी नेपाल कमयुनिस्ट पार्टी (नेकपा) का चौरसिया गम्भीर घाइते भएका थिए । शुक्रबार उपचारको क्रममा मृत्यु भएका चौरसिया को शव वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । 

आक्रमण गर्नेहरुमाथि प्रहरीले किटानी जाहेरी दर्ता नगरेको बताउदै परिवारजन तथा नेकपाका नेता कार्यकर्ताहरुले शव पोष्टमार्टम गर्न दिन मानेका छैनन् । मृतक परिवारले आक्रमण गर्ने १२ जनामाथि किटानी जाहेरी दिएका छन् । तर प्रहरीले आक्रमणमा संलग्नहरुमाथि जाहेरी दर्ता गर्न इन्कार गरेको पर्साको नेकपाका इन्जार्ज रामचन्द्र साहले बताएका छन । बाह्रै जनाविरुद्ध जाहेरी दर्ता नहुन्जेल शव पोस्टमार्टम हुन नदिने उनको भनाई छ । 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम