घरमा कति दुःख गरेर जोगाएको
धन सम्पत्ति सकाउदै
रितीएर गयो,
कति खोले खायौं भनि साध्य छैन्
घरको मान्छेले सोचेन विचार गरेन्
भविश्य के होला, कसो होला ?
भण्डारण रितिदा पनि मतलव भएन
अब परिवारको के होला ?
चिन्तन छैन्,
आफू त जता नि खान्छन्, खाएर आउछन्
गर्न नहुने गर्दै
उ अगाडि वढेको छ भने
सुख हामीलाई हुने छैन्
यस्ता सित संगैवसेर केहि हुने हैन्
संगै हुनुभन्दा बरु छुट्टै वस्नु जाति सम्झेर
कोहीँ त वच्चाहरू लिएर पोईलो जान्छन्
कोहीँ त सपरिवार वनाउन वस्छन्
जिवनमा हरेक दुखसित भिड्दै जाँदा
एक पछिको अर्को दुखले
कति मर्माहत भयो होला
एकपटक साेंचेर हेरौं
देसविग्रीए जस्तै परिवार विग्रीयो..
संघ संस्था, विग्रीए ..
भने..
के होला हाम्राे भविष्य
उफ् अवश्य सुख आउने छैन्
चिन्तन र सोचनिय समय छ
यति वेला झनै फराकिलो
सोच र चिन्तनको आवश्यकता छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

काक्रेबिहार सांगीतिक साँझ २०२३को सम्पूर्ण तयारी सम्पन्न

दक्षिणकोरिया।सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान”