काठमाडौँ । नेपालमा गत आर्थिक वर्षमा रू ७ अर्ब ७२ करोड बराबरको ल्यापटप आयात भएको छ ।

बन्दाबन्दी सृजित नयाँ वातावरणका कारण नेपालमा ल्यापटपको खपत वृद्धि भएको छ । अनलाइन कक्षा तथा जूम सम्मेलनको बढ्दो प्रवृत्ति, सरकारी सेवाहरूमा पनि अनलाइन संस्करणको बढ्दो अभ्यास तथा सूचना प्रविधिमैत्री समाजका कारण नेपालमा ल्यापटपको आयात बढेको हो ।

नेपालले आयात गर्ने ल्यापटपमध्ये करीब ९३ प्रतिशत चीनबाट हुने गरेको छ भने अन्य प्रमुख स्रोत मुलुकहरूमा मलेशिया, सिंगापुर, संयुक्त राज्य अमेरिका, इन्डोनेशिया, जापान रहेका छन् । ल्यापटप आयातबापत आर्थिक वर्ष २०७७र७८ मा रू। ९९ करोड २६ लाख ७० हजार बराबरको राजस्व पनि उठेको छ ।

आजको आर्थिक अभियानमा समाचार छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम