काठमाण्डौं । कामको सिलसिलामा कोरियामा रहेका कठायतले बाढी पहिरोमा ज्यान गुमाउनुहुने परिवारलाई आर्थिक सहयोग गरेकाे छन् ।

रोजगारीको सिलसिलामा विदेश गएका नेपाली युवाहरु पछिल्लो समयमा सामाजिक कार्यका लागि आफ्नो रगत र पसिनाबाट कमाएको केहि रकम समस्यामा परेका हरेक नेपालीहरुलाई हयोग गर्ने क्रम बढ्दो छ। सुन्दर सपना बोकेर विदेशियका हरेक नेपाली दाजुभाई दिदिबहिनीहरु आफ्नो देश र देश बासिहरुको लागि हरदम लागि परेको साथै सक्दाे सहयाेगमा जुटेकाे हामी सबैमा जानकारि भएको कुरा हो ।

सुन्दर सपना सजाउँदै कोरियामा नेपाली कामदारको रुपमा गएका दैलेख जिल्ला ठाँटिकाँध गाउँपालिका वार्ड नम्बर, ४ बाँचपानी निवासी लक्ष्मि कठायतले गत भाद्र २ गते ठाँटिकाँध गाउपालिका वार्ड नं. ४ गैरागाउँमा अत्याधिक बर्षातका कारण गएको पहिरोबाट स्थानिय जनक कठायत र लोकेश कठायतको असमायिक निधन प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै पीडित परिवारलाई रु १०००० (दस हजार) र उनकी धर्मपत्नी सन्दया डिसीले रु ५००० ( पाँच हजार) गरि जम्मा रु १५००० (पन्द्र हजार रुपैयाँ) आर्थिक सहयोग गरेका हुन्।

यस भन्दा अघि पनि विभिन्न समयमा लक्ष्मी कठायत र उनकी धर्म पत्नी सन्दया कठायतले प्रत्येक्ष अप्रत्येक्ष रुपमा विभिन्न सामाजिक कार्यकालागी सहयोग गर्दै आईरहनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम