Social media network concept on phone.

काठमाडौँ। औषधिबारे जानकारी पाउनका लागी मोबाइल एप्स पहिलोपटक सरकारी तवरबाट तयार गरिएको छ । जानकारीमूलक औषधि व्यवस्था विभागले ती औषधिको सूचनामा आधारित मोबाइल एप्स तयार गरेको हो ।

एप्स लगइन गरेपछि औषधिको प्रयोग गर्न सकिने अवस्था, औषधिको प्रयोगबाट हुने नकारात्मक असर, औषधिका डोज, नेपालमा कुनकुन ब्रान्डका औषधि उपलब्ध रहेकोलगायतका विषयबारे जानकारी पाइनेछ ।

एप्समा संक्रमण, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी समस्या भएका बेला, प्रजनन स्वास्थ्यसँग जोडिएका औषधिबारे जानकारी राखिएको विभागले जनाएको छ ।

चिकित्सकले बढी मात्रामा सिफारिस गर्ने विभिन्न जेनेरिकका ६ सय बढी प्रकृतिका औषधि एप्समा समावेश भएको जनाइएको छ । विभागका अनुसार एप्सका कारण उपभोक्ताहरू ठगिनबाट जोगिन्छन् । चिकित्सक तथा सरोकारवाला पक्षले औषधिसँग सम्बन्धित सूचनाको स्रोतका रूपमा एप्सलाई प्रयोग गर्छन् ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

चोरीका घटनामा अधिकांश युवा संलग्नमा

धनुषा । खुला सीमाना, लागुऔषध दुव्र्यसनी र बेराजगारी