धनुषा । खुला सीमाना, लागुऔषध दुव्र्यसनी र बेराजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ । चोरीका घटनामा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता रहेको तथ्याङ्क छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले चालु आर्थिक वर्षमा चोरीको घटनामा पक्राउ परेका करिब चार सय जनामध्ये अधिकांश २५ वर्षमुनिका रहेका बताए । “उत्पादनशील उमेर समूहका युवा नै चोरी तथा कुलतमा संलग्न हुनु सबैका लागि चिन्ताको विषय हो”, उनले भने– “अधिकांश लागुऔषध सेवनकर्ता रहेका छन् ।”

युवाको मानसिकता किन आपराधिक बन्दैछ भन्नेबारे अनुसन्धान आवश्यक भएको प्रहरी उपरीक्षक खड्काले बताए। युवालाई कुलतमा फस्न नदिनका लागि प्रभावकारी कार्यक्रमको खाँचो रहेको उनले बताए ।

धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले प्रहरीले विशेष सुरक्षा योजना बनाई प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली परिचालन गरिएको बताए । राति गस्ती, एम्बुस टोली परिचालन, सीमानाकामा जाँचलगायत कार्य आवश्यक भएको उहाँको भनाइ छ । गत आर्थिक वर्ष २०७९र८० मा चोरीका घटनामा पक्राउ परे पनि उनीहरुका विरुद्ध पीडितले जाहेरी दिन नमान्दा अधिकांशलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गर्नुपरिरहेको प्रहरी नायब उपरीक्षक गौतमले बताए।

गत आवमा मात्रै चोरी भएका दुई सय ३६ मध्ये ८१ मोटरसाइकल बरामद गरी सम्बन्धित धनीलाई बुझाइएको प्रहरीको तथ्याङ्क छ । प्रहरी उपरीक्षक खड्काले गत आवमा दुई सय ३६ वटा मोटरसाइकल चोरी भएको निवेदन आएकामा ८१ वटा बरामद गरेर सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको जानकारी दिए।

बिहीबारमात्रै जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी धनुषामा विभिन्न चोरीका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ३० जनालाई सार्वजनिक गरेको छ । मोटरसाइकल, हेल्मेट, धर्मशालामा चोरी तथा लुटपाट, पसलबाट नगद चोरी गरेकोजस्ता आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए । उनले घटनामा संलग्नलाई चोरी तथा अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १७ वर्षदेखि ३८ वर्षसम्मका युवा रहेका छन् । रासस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम