काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले चारवटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले चार वटा महत्वपूर्ण निर्णयहरु भएको जानकारी गराउनुभयो । उहाँका अनुसार आजका महत्वपूर्ण निर्णयहरु निम्नानुसार रहेका छन्,

१. कुनै पनि संघसंस्थाले कोष खडा गरेर पैसा उठाउन नपाउने तथा कसैले कोष खडा गरिसकेको भए आफ्नो संस्थामा काम गर्ने कर्मचारी तथा आफु मातहतका व्यक्तिहरुबाट मात्रै रकम जम्मा गर्न पाउने र उक्त रकम प्रत्येक हप्ता सरकारले स्थापना गरेको कोषमा बुझाउनुपर्ने,

२. स्वास्थ्य सामग्री तथा किटहरु ल्याउनको लागि निजी क्षेत्रसँग समन्वयन गर्ने तथा सरकारले मेडिकल सामग्री र किटहरु चीन र भारत दुवै मुलुकबाट ल्याउन परराष्ट्र मन्त्रालयले परामर्श गरिरहेको साथै निजी क्षेत्रले कतैबाट स्वास्थ्य सामग्री र किटहरु निश्चित दिनभित्र ल्याउन सक्ने भए सरकारले यातायातको सुविधा एवं हवाई सुविधा उपलब्ध गराउने,

३. कोरोना संक्रमणको लक्षण देखिएमा धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान, बीर अस्पतालमा तत्कालै यन्त्र उपकरण जडान गर्ने र प्रदेश स्तरमै ल्याबहरु स्थापना नहुँदा सम्म छिटो यातायातको व्यवस्था गरेर टेकुस्थित ल्याबमा स्वाब परीक्षणका लागि ल्याउने व्यवस्था गर्ने,

४. भारत तर्फको सिमामा रोकिएका नेपाली नागरिकहरुलाई अन्तिम पटकका लागि आज एक दिन छाडने निर्णय गरेको छ । त्यसका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी १४ दिन क्वारेन्टाइनमा बस्ने सर्तमा घर जान दिने व्यवस्था गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आन्तरिक पर्यटक बृद्धिको अभियान। स्वागत गर्छ डोल्पा हेर्न आउ प्रकृतिको बरदान॥

कर्णालीप्रदेश, डोल्पा परिचय डोल्पा जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत