कपिल कुमार वोगटी ठाटिकाँध–२, (दैलेख)

आजको दिन (कोभिट १९) को माहामारी र संकटकालको दिन हो । यो कोरोना भाइरस विश्वमा पहिलो पटक सन १९६० मा पत्ता लागेको हो । विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरस कोरोना भिरीड जात र अर्थो कोरोना भिरीन अपजात अन्र्तगत पर्ने एक प्रकारको सरुवा रोग हो । यो भाइरसले संक्रमण गरेपछि सामान्य रुगाखोकी उच्च ज्वरो र स्वास प्रश्वासमा समस्या जस्ता सामान्य लक्षण देखा पर्दछन । यो भाइरस चिनको हुवेई प्रान्तको उहान शहरमा यसले पहिलो पटक २०१९ को अन्त्यतिर त्यहा पहिलो पटक महामारीको रुप लियो । अन्य देशहरुले त्यतिवेला चिन सरकारलाई गिज्याएर विभिन्न उपनाम दिएर सामाजिक सञ्जालमा व्यक्त गर्न थाले । यो रोगको कारण पहिलो पटक २०२० जनवरी ५ मा चिनमा मानिसको ज्यान गएको हो र विश्व स्वास्थ्य संगठनले यस रोगलाई जनवरी २० तिर विश्व संकटकालको घोषणा गर्यो र फेवु्रअर ि७ मा यो रोग पत्ता लगाउने डाक्टर लिइ विन लि याँङगको मृत्यु यसै रोगका कारण भएपछि विश्व स्वास्थ्य संगठनले फेवु्रअरी १२ मा विश्व महामारीको घोषणा संगै वन्दावन्दीको घोषणा गर्यो ।

यस भाइरसका कारण विश्वका विकसित मानिने देशहरु पनि यसको चपेटामा परेका छन् । सवै भन्दा बढी अमेरीका,इटली,स्पेन,अर्जेन्टीना लगायत यूरोपेली राष्ट्रहरु वढी मारमा परेका छन भने मध्य पूवि यशिया लगाएत विश्वका करीव २०८ भन्दा वढी देश र २ ओटा अन्र्तराष्ट्रिय पानी जहाजमा पनि यसको संक्रमण देखा परेको छ । यस भाइरसको प्रभावले आर्थिक स्तर कमजोर भएका देशहरु र गरीविको रेखामूनी भएका देशहरु वढी मारमा छन । वेरोजगारीको कारण करोडौंं मानिसहरुलाई घरभित्र वस्न वाध्य वनाई दिएको छ । हाल अहिले सम्म अक्सफोर्ड विश्व विद्यालय र वोल्र्डमिटरको तथ्यांक अनुसार ५१ लाख भन्दावढी मानिसहरुमा संक्रमण देखा परेको छ । २० लाख भन्दा वढी मानिसहरु उपचार पछि निको भएका र ३ लाख भन्दा वढि मानिसहरुको ज्यान गई सकेको छ । नेपालमा पनि यस भाइरको कारण मानिसहरुको जिवन कष्टकर वन्दै गएको छ । हालसम्म नेपालमा ५०० भन्दा वढी मानिसहरुलाई कोरोना संक्रमण देखा परेको र ७० भन्दावढी मानिसहरु निको भएर घर फर्केका र ४ जना मानिसहरुको ज्यान गएको छ ।

यति वेला यस भाइरसका कारण विश्वका सम्पूर्ण विश्व विद्यालय,कलेज, विद्यालय तथा शैक्षिक संस्थाहरुको वन्दको कारण विद्यार्थीहरु घरभित्र वस्न वाध्य भएका छन् । विकसित मानिने देशहरुमा त्यहाका विद्यालयहरुले भर्चूअल कक्षाको माध्यम वाट विद्यार्थिहरुलाई शिक्षण गराई राखेका छन । भर्चूअल कक्षा भनेको अनलाइन,रेडियो,टिभी,इन्टरनेट तथा विद्युतिय माध्यम मोवाइल ल्यापटप जस्ता सामग्रीको प्रयोग गरी शिक्षक र विद्यार्थी वीचको अध्यय्न अध्यापन कार्यलाई भर्चुअल कक्षा भनिन्छ । यस्तो कक्षा नेपालमा पनि २०३५ सालमा अमेरिकाको सहयोगमा रेडियो वाट शिक्षण गरिन्थ्यो पछि २०४२ मा नेपाल टेलिभिजनको स्थापना भएसंगै त्यहावाट पनि कक्षा सञ्चालन गरियो । त्यसपछि २०७२ सालको भूकम्प र तराईमा वाढी पहिरो जाँदा प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई टिभी र रेडियोको माध्यम बाट शिक्षा मन्त्रालय र शैक्षिक जनशक्ति विकासकेन्द्रले कक्षा १० को परीक्षालाई लक्षित गरी प्रत्यक्ष रुपमा अभ्यास गरेको थियो । इन्टरनेटको पहँुच पुगेको ठाउँमा यस्ता कक्षाहरु निकै उपयोगी मानिन्छन् भने नपुगेको ठाउँमा यस्ता कक्षाहरुको कुनै औचित्य देखिदैन । यदि कोभिड–१९ को महामारी नरोकिए पछि यसपछिको आउने शिक्षा प्रणाली इन्टरनेटमा आधारित शिक्षा प्रणाली आउने विज्ञहरुले अनुमान गरेका छन । यस्तो महामारीमा विद्यार्थीहरुलाई प्रविधिको प्रयोग संगै नयाँ कुराहरुको उपयोग गर्ने एउटा अवसर सिर्जना गरिदिएको छ । यतिवेला विद्यार्थिहरुलाई सिक्ने सिकाउने कुराहरुमा भर्चुअल कक्षा बाहेक अन्य कुनै विकल्प नै देखिदैन । भनेजस्तो सम्भव भएपनि केहि चुनौतीहरु पनि छन ।

विद्यार्थीहरु संग यसमा प्रयोग हुन प्रयाप्त सामग्रीहरु जस्तै ल्यापटप,मोवाइल,टिभी नहुनु, इन्टरनेटको पहुँचमा ग्रामिण क्षेत्रका वालवालिकाहरु नपुग्नु,दक्ष शिक्षकहरुको अभाव हुनु, शिक्षकहरु पनि शैक्षिक सामग्रीको प्रयोग इन्टरनेटको प्रयोग गर्न नजान्नु जस्ता समस्याहरु रहेका छन् । यस्तो महामारीको वेला चुनौति संगै हाम्रो देश नेपालको लागि प्रविधिमा जोडिने एउटा अवसर पनि हो । नेपालले पन्ध्रौ योजनामा डिजिटल डिभाइडर न्यूनिकरण गर्ने प्राथमिक तहदेखि उच्च शिक्षा शिक्षण सिकाई प्रक्रिया तथा शिक्षक तालिममा कम्प्यूटर सिप उपयोगी गर्ने र यसका लागि पूर्वाधार र मानविय क्षमता निति उल्लेख गरिएको छ । यस महामारीले भर्चुअल सिकाई नेपालका विद्यार्थीहरुलाई वैकल्पिक तरिका वाट सिक्न सक्ने सामग्रीहरु मात्र नभएर शिक्षक र शिक्षणको एक महत्वपूर्ण विकल्प वनिरहेको छ ।

भर्चुअल सिकाई इपेडागोजीमा आएको रुपान्तरण हो । स्वअनुशासन, नैतिकता र सदाचारिताको मुख्य करिडोर सिकाईमा इन्टरनेट जोड्ने मार्ग हो । चौथो पुस्ताको अपेक्षा, इच्छा, चाहाना र यस महामारीको सामना गर्न सक्ने प्रविधिको प्रयोगको आवश्यकता हो । भर्चुअल कक्षा जस्तो नविनत्म प्रविधिहरुको समुचित व्यवस्थापन गर्न सके शैक्षिक गुणस्तर उकास्न, शिक्षा प्रणाली नै वदल्न र प्रविधिको प्रयोग गर्न यस महामारीले पनि केहि व्यवहारिक वनाउन खोजे जस्तो मलाई लाग्दछ ।

कपिल कुमार वोगटी ठाटिकाँध–२, (दैलेख) स्नातक तह तेस्रो वर्ष सुर्खेत क्याम्पस (शिक्षा)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीस नगरपालिकाकै नमुना पशुपति माविको ५७ औं बार्षिक उत्सव भव्य रुपमा सम्पन्न

दैलेख । आठबिस नगरपालिका वडा नं ९ स्थित