दैलेख । आठबिस नगरपालिका वडा नं ९ स्थित पशुपति माध्यमिक विद्यालयले आफ्नो ५७ औं वर्षगाँठ मनाएको छ । आईतवार भव्य समारोहकाबीच वार्षिक उत्सब सम्पन्न गरेको हो ।

उक्त समारोहमा विभिन्न राजनैतिक दल, शैक्षिक सस्था, सरकारी तथा गैर सरकारी संघ संस्था, जनप्रतिनिधि र स्थानीयको उल्लेख्य सहभागितामा समग्र शैक्षिक उन्नतिमा सराेकारवालाले जोड दिएका छन् । साथै शैक्षिक उन्नतीका निम्ति सहयाेग गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।

प्रवुद्व व्यक्तिले दिएका अभिव्यक्तिमा भने स्थानीय नागरिकले खासै पत्यार नलागेकाे गुनासो गरे । अहिलेसम्म बोलिएका धेरै जसो विषयहरु कार्यान्वयन नभएको भन्दै स्थानीयले नेताहरूको भाषणमा विश्वास गरिहाल्ने अवस्था नरहेको जिकिर गरे।

कुरा मात्र चर्का गर्नेकाे व्यबहारिकपक्ष कमजोर रहेको गुनासाे गरेका छन् । पानसमा दिप प्रज्ज्वलन गरि उदघाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले स्थानीय सरकारलाई दिएको जिम्मेवारी गम्भीरताकासाथ बहन गर्नुपर्ने धारणा राखे ।

शिक्षा, स्वास्थ्य, कृषिलगाएतका महत्त्वपूर्ण विषयमा नीति, नियम बनाएर अनुगमन तथा नियमन गर्नु पर्नेमा उनकाे जोड थियाे । स्थानीय मात्र होइन सबै तहका सरकारहरुले आ आफ्नो जिम्मेवारी पूरा गरे मात्र विकास निर्माणले तिब्रता पाउने धारणा राखे ।

कार्यक्रमका विषेश अतिथि आठबिस नगरपालिका प्रमुख तर्क बहादुर बडुवालले व्यक्ति खराब भन्नू भन्दा पनि संस्कारामा परिवर्तन गर्न सके मात्र असल समाज निर्माण हुने बताए ।

जालझेल गर्ने, खराब नियतका तानावाना बुन्ने र सामाजिक भावना खलबल्याउने मानिसहरूको असल सोच नभएसम्म गुणात्मक परिवर्तन नहुने धारणा उनकाे छ । सामाजिक भावनाले सबै अघि बढे मात्र विकासले पनि गति लिने बताए । त्यसो गरे मात्र उपलब्धि पाउन सकिने जिकिर गरे ।

एकले अर्काको विरोध गर्नु भन्दा सकारात्मक आलोचना गर्दै राम्रो कामका लागि साथ दिनु र खरबका विरूद्व डटेर लड्नु पर्ने आठबिस नगरपालिका पूर्व मेयर खड्गराज उपाध्यायले बताए ।

आफू सरकारमा हुँदा एमाले र नेमकिपाको समझदारीमा नगरका कार्य गरेको स्मरण गरे । कार्यक्रममा नेपाली काँग्रेस महाअधिबेशन प्रतिनिधि भुपेन्द्र बहादुर शाहीले समाज विकासका लागि सबै मिलेर जानुको विकल्प नरहेको बताए । एकले अर्काको कुरा कोट्याउदै जानू भन्दा सार्वजनिक सरोकारका विषयमा सबैले साथ दिनुपर्ने उनकाे धारणा छ ।

विद्यार्थीहरु अनुशासित भए मात्र समाज सभ्य हुने आठबिस नगरपालिकाका पूर्व उपमेयर दिपा बोहोराले बताईन् । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी आठबिस नगर समिति अध्यक्ष जयबहादुर बडुवालले सामाजिक मूल्य र मान्यतालाई अंगिकार गर्दै असल नागरिक उत्पादनमा जोड दिनुपर्ने बताए । गुणस्तरीय शिक्षा आजको आवश्यक्ता भएको धारणा राखे ।

कार्यक्रममा नेपाली काँग्रेस आठबीस नगरका पार्टी सभापति अर्जुन शाही, एमाले नगर अध्यक्ष अमर माझी, नेकपा माओवादी केन्द्रका नगर सदस्य खड्गराज कठायत, वडा अध्यक्षहरु, विभिन्न विद्यालयका प्रअ, विव्यस अध्यक्षहरु, तिलेपाटा प्रहरी चौकीका हवल्दार मोहनसिंह महतारा, प्रशान्त सिजापति, सोकेक दैलेख बालसंरक्षक प्रभा विकलगायत विभिन्न सरकारी तथा गैरसरकारी सस्थाका प्रतिनिधिहरुले वार्षिक उत्सब सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रम सुरू हुनु पूर्व स्थानीयले पञ्चे बाजासहितको र्‍याली निकालेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक झाकी पनि पस्तुत गरेका थिए ।

२०७८ सालमा कक्षा ८, १० ,१२ मा सर्वोत्कृष्ट अंक ल्याउन सफल एक जना छात्र र एक जना छात्रालाई पुरस्कृत गर्नुका साथै विद्यायमा विभिन्न ठाउँबाट सहयोग गर्ने संघ संस्थाका प्रतिनिधि, विद्यालयमा लामो समय योगदान पुर्याएका करिब १५ जनालाई कदर पत्रले सम्मान गरिएको थियो ।

शिक्षिका टिका कुमारी शाहीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष कटक बहादुर विकले धन्यवाद ज्ञापन गरेका थिए । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बडुवालको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लोमन कुमार बडुवाले गरेका थिए ।

कार्यक्रममा प्रअ टेक बहादुर सिजापतिले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।



Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम