अमरगढी । डडेल्धुरा जिल्लाका किसान स्वास्थ्यका साथै आर्थिक दृष्टिकोणलेसमेत महत्वपूर्ण रहेको किबीखेती तर्फ आकर्षित भएका छन् । सुन्तला उत्पादनमा कमी आएको तथा पर्याप्त मात्रामा फल्न नसकेका कारण किसान किबीखेती तर्फ लागेका हुन् । 

शुरुमा एक पटक लगानी गरेपछि ४०÷५० वर्षसम्म उत्पादन दिइरहने र बजारकोसमेत अभाव नहुने भएपछि किसान सो खेतीतर्फ आकर्षित भएका हुन् । सदरमुकाम नजिकै पर्ने अमरगढी १ भेटा, ७ पोखरा र ६ दमोडा बडामा पनि केही किसानको समूहले गत वर्षदेखि किबीखेती गर्दै आएका छन् ।

उत्पादित किबीको फललाई वियर, जुस, जाम र वाइन बनाएर बिक्री गर्ने विषयमा अध्ययन भइरहेको बताइएको छ । डडेल्धुरामा किबी फलको शुरुवात चार वर्ष मात्र भएको हो । किबीखेती समुद्री सतहबाट एक हजार २०० मिटर देखि दुई हजार ४०० मिटर उचाइमा लगाइन्छ । यसलाई सिँचाइको आवश्यक पर्ने भए पनि वर्षामा पानी जम्न भने हुँदैन । बागबानी फार्म बोचका अनुसार प्रत्येक १० बोट पोथी जातको बिरुवा लगाउँदा एक बोट अनिवार्य भाले जातको बिरुवा लगाउनु पर्दछ । किबी फल ज्यादै पोषिलो र धेरै फल्नुका साथै उत्पादन प्रविधि सजिलो भइकन पनि बजारमुखी छ । लहरामा फल्ने अत्यन्त पोषिलो यो फल फागुन चैतमा पूmल फुल्ने र कात्तिक मङ्सिरमा टिप्न गोग्य हुन्छ ।

यो फलमा भिटामिन सि, ई, के र अन्य खनिज पदार्थ धेरै भएकाले स्वास्थ्यका लागि बहुउपयोगी पोषणयुक्त हुनुका साथै पेटसम्बन्धी रोग निमोनिया, दम, उच्च रक्तचाप, कोलेष्टोरल, मधुमेह जस्ता धेरै थरी रोगमासमेत उपयोगी हुने विज्ञहरू बताउँछन् । किबी फल नेपालमा भित्रिएको करिब तीन दशक भइसकेको छ । रासस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम