काठमाडौँ । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने भनेर राष्ट्रिय दलका शीर्ष नेतृत्व तहमा मोटामोटी सहमति भए पनि थप आकार लिएर संसद खुल्ने निश्चित नभइसकेकाले आज दिउँसो ३ बजेका लागि तय भएको बैठक स्थगित भएको बताइएको छ । 

‘आज मिति २०८० साल भदौ ५ गते मंगलबार दिनको ३ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल भदौ ६ गते बुधबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ , संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

विश्वासको मत दिन एमालेको आनाकानी

धनगढी। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री