काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिमाणको सुन बरामद विषयमा अनुसन्धान गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ ।

विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिले पाँच दिनदेखि बढीमा सात दिनभित्र प्रतिवेदन दिइसक्नुपर्ने समय पाएको छ ।समितिले विमानस्थलको भन्सार जाँचपासमा क(कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्नेछ । विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बासहित तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले अर्थ मन्त्रालयलाई सिफारिस गरिसकेको छ ।

भन्सार कार्यालयका अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र भन्सार एजेन्ट यादव पराजुलीलाई भन्सार विभागले बिहीबार बिहानै निलम्बनको जानकारी दिइसकेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । Everestmission

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम