काठमाडौँ । १०१ वर्षको उमेरमा मंगलवार निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले घिमिरेको पार्थिव शरीरमा विहान १० बजे राष्ट्रिय झण्डा ओढाएर सम्माम व्यक्त गरेका हुन् । राष्ट्रकवि घिमिरेको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत राष्ट्रका विशिष्ट व्यक्तिहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौँको कपुरधारास्थित आफ्नै घरमा निधन भएको हाे । राष्ट्र कवि घिमिरे स्वास प्रश्वास समस्या देखिएपछि उहाँ विगत चार महिनादेखी आफ्नै निवासमा अक्सिजन दिएर घरमा नै उपाचार गरिरहेका थिए ।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका उनलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ‘छन्द शिरोमणि’को उपाधिबाट अभिनन्दन गरेका थिए ।त्यसको तीन दिनपछि उनलाई ‘राष्ट्रकवि’को रूपमा अभिनन्दन गरिएको थियो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उनको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम