काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् ।

आज नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ९ ले पार्टीबाट विजयी उम्मेदवारलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न सुझाव दिए ।

उनले भने, ‘जनताले विश्वास गरेका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्, ‘आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्नुस् ।’ ‘मलजल गर्यो भने नेपाली कांग्रेस अझ राम्रो हुन्छ । पार्टी र संगठनलाई केन्द्रमा राखेर काम गर्नुस् ।’ समयको माग अनुसार नचले आउँदा दिन अझै कठिन हुने उनले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम