काठमाडौं । विवादास्पद र तीखो स्टाटस लेख्न खप्पिस काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आगामी ८४ सालको सम्भाव्य आमनिर्वाचन केन्द्रित गतिविधि गर्ने दलहरुप्रति फेरि एक पटक द्विअर्थी सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।
उनले नयाँ तथा पुरानै दलहरुले ०८४ मिशन भन्दै आमनिर्वाचन लक्ष्यप्रति चरम असन्तुष्टि जनाउँदै चुनाव अभियान सुरु गर्ने दलहरु सक्किएपछि मात्रै देश बन्ने बिहीबार स्टाटस लेखका छन्।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘देश बन्छ ,तिमीहरुको ८४ ले बन्दैन, तिमीहरुको ८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ ।’ बालेनको यो स्टाटसलाई राजनीतिक विश्लेषकहरूले राजनीतिक व्यवस्थाप्रति अनास्था हो कि राजनीतिक दलका अगुवाहरूप्रतिको चर्को असन्तुष्टि हो ठम्याउन गाहे भएको टिप्पणी गरेका छन् । उनीहरूले बालेन सँधै द्विअर्थी स्टाटस लेख्न खप्पिस भएको बताएका छन् ।

उनले १७ घन्टाअघि लेखेको फेसबुक स्टाटस यस्तो छ :“देश बन्छ, तिमीहरुको ८४ ले बन्दैन, तिमीहरुको ८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम