खगेन्द्र कठायत
धनगढी

नमस्कार प्रधानमन्त्री ज्यु,

लकडाउन बढाउने र २५ गते दिप प्रज्वलन सम्बन्धमा सरकारका नाममा केही लेख्न मन लाग्यो सम्माननीय प्रधानमन्त्री ज्यु जब नेपाल बिश्व महामारी कोरोना भाइरस कोभिड-19 नियन्त्रणका लागि तपाईंले नेपाली साइन्टिस्ट , स्पेसलिस्ट डाक्टर हरु सम्बन्धित बिज्ञहरुसंग व्यापक छलफल गर्नु भयो कि भएन, कि तपाईंकाआसपास चक्कर लगाईरहने हजुरको वरिपरि घुमिरहने झोले, झुण्ड , दलाल,फटाह,भ्रस्ट अनि तपाईंलाई घेरेर राख्ने देशका जनताको सही आवाज तँपाईसम्म पुग्न नदिने वास्तविक समाचार भन्दा कैयौँ कोष टाढाको गलत सुचना दिनेहरुसंग मात्र छलफल गर्नु भयो। सायद आज तपाईं र तपाईंको पार्टीको दुई तिहाइ बहुमतको सरकार जनताको नजरमा बदनाम हुनुको मुख्य कारण पनि पार्टी भित्रको जि हजुरी त्यही झुण्डवादी सँस्कृती हो । हुन त म तँपाईं जस्तो विवेकशील अनि प्रधानमन्त्री सल्लाह सुझाव दिने म को नै हुँ र ? म त यो देशको एक साधारण एक काम गरि खाने नागरिक हुँ। यदि मेरो सल्लाह केही गरि तपाईंका भरोसाका तँपाईका वरिपरि चक्कर लगाई रहने झुण्ड र अरिङ्गालहरुकहाँ यदि पुग्यो भने मलाई अनेकथरी गाली सुन्नु पर्ने निस्चित छ ।

त्यसले तपाईं जस्तो महामहिम प्रधानमन्त्रीलाई केही फरक पर्दैन। बिस्व यति बेला कोभिड 19 माहामारी कोरोना भाइरसको कारण पूरा विश्व नै सकट अवस्था गुज्रीरहेको छ र पूरा विश्व नै यति बेला लकडाउनमा छ । विश्व ब्यापी फैलीको कोरोना भाइरस नियन्त्रण गर्न लकडाउन दीर्घकालीन विधि र पद्धति होइन यो त केवल यसले धेरै भन्दा धेरै एकै पटक धेरैमा नफैलियोस भन्नका ख्याति केही निस्चित समयको लागि नियन्त्र गर्ने एक विधि हो र हाम्रो जस्तो देशमा स्वास्थ्य उपकरण का साधन पर्याप्त छैन्न त्यको जुगाद र ब्य्वस्थापन गर्ने बेला हो लक्डाउन।लक्डाउनले रोगको नियन्त्रण गर्दैन पर सार्छ जनताले यति सहयोग गरेको बेला तपाईं ले के के प्रयास गर्नु भयो जनताहरुलाई यो महामारीबाट बचाउँन कि आफ्नो प्रधानमन्त्रीको कुर्सी बचाउँने प्रयास मात्र गर्नु भएको छ आदरणीय प्रधानमन्त्री ज्यु ? यदि तपाईं र तपाईंको सरकार साच्चिकै देश र जनताप्रती गम्भीर एवं चिन्तित हो भने लकडाउनको ५० दिन सम्म कति जना नेपाली जनताहरुलाई टेस्ट गर्नु भयो जहाँसम्म मलाई लाग्छ ११००० को हाराहारी पिसिआर पद्धति मार्फत चेक गर्नु भयो भन्ने छ त्यो अर्को आर टि डि मेथड दुनियाँ कहीँ गरिदैन र गरिएको छैन। न त्यसले सही रिपोर्ट दिन्छ भने पछि दिनको २२० जना यो तरिकाले कोरोना भाइरससंग लड्ने हो भने देशलाई कम्तिमामा २/३ बर्ष भरी देशलाई लकडाउनमा राख्नु पर्ने देखिन्छ या त बिश्वका शक्ति रास्ट्रहरुले कोरोना भाइरसको भ्याक्सिन पत्ता नलगाउन्जेल यही गति चली राख्ने हो र ? यसरी हुँदैन प्रधानमन्त्री ज्यु हुदैन ।

देश पुर्ण रुपमा आर्थिक रुपले ध्वस्त भै सक्छ देशका जनता भोकमारीले मरि सक्छ्न तपाईं र तपाईंका झुन्डहरुले खान पाउलान जो तपाईंको दुईतिहाई भनिएको सरकारले ५० दिनमा ३अर्ब ४२ करोड कोरोना भाईरस नियन्त्रणको नाममा खर्च गरि सक्नु भएको छ भन्ने समाचार तपाईंका अर्थमन्त्री तथा सरकार का प्रबक्ताले जानकारी दिनु भयो ।११००० मानिसहरुको चेक जाँचमा यति ठूलो रकम खर्चिएको हो भने झन्डै ३ करोड जनताहरुलालाई चेक जाँच गर्दा कति रकम खर्छ होला र त्यति ठूलो रकम कहाँ बाट व्यवस्थापन गर्ने र स्रोत के छ ? तपाईंका अर्थमन्त्रीले त्यसकोको हिसाब किताब जनताहरुलाई दिनु पर्छ । आदरणीय प्रधानमन्त्रीज्यु यस्ता अनेकौँ धेरै प्रश्नहरु जनताहरुका धेरै छ्न । आदरणीय प्रधानमन्त्री ज्यु यसरी भएन यसरी समय खेर नफालौँ कृपया मेडिकल उपकरणको थप आयात गरेर ब्यवस्थापन गरौँ। बिदेशमा भएका हाम्रा नेपाली डाक्टर दिदीबहिनी दाजुभाईहरुलाई आफ्नो देशमा आउने वातावरणको सिर्जना गरेर देश फर्केर सहयोग गर्न अपिल गरौं। आउन चाहानेहरुलाई तुरुन्त आउने व्यवस्था गरौ।कोरोना भाइरस टेस्ट किड प्रतिदिन कम्सेकम १०००० हाराहारी गरौँ।

रोगको सम्भावित क्षेत्रलाई तुरुन्त सील गरौँ।जहाँ जोखिम बढी छ त्य्हाँका जनताहरुलाई लक्षण होस वा नहोस अनिवार्य टेस्ट गरौँ डाक्टर,नर्स, एम्बुलेन्स चालक,सुरक्षाकर्मिहरुलाई सुरक्षाका सामाग्री भरपर्ने गरि उप्लब्ध गराउँ।जहाँ कम सम्भावित छ्न त्यो क्षेत्रलाई लकडाउनलाई खुकुलो पारौँ आर्थिक अभयवहरुलाई चलायमान बनाउँ। कृषि क्षेत्रमामा काम गर्ने किशान मजदुरलाई सहज रुपमा काम गर्ने वातावरण बनाउँ। आफ्नो मौलिकता भौगोलिकतामा आधारित कोरोना भाइरससंग लड्ने विधि अपनाउ न कि भारतीय प्रधानमन्त्रीको विधि। प्रधानमन्त्रीज्यु तपाईंलाई गलत गलत सल्हाह समचार दिरहेका छ्न तपाईंका सल्लाहकार हरुले हेर्नुस आज २१२ देश कोरोनाभाइरस संग लडिरहेका छ्न । जस मध्ये भस कोभिड- 19 कोरोना भाइरससंग लड्न सबै भन्दा फेल भएको विधि भारतीय पद्धति हो । डाक्टर,नर्स, स्वास्थ्यकर्मीहरुलाई फुल बर्साउने , दिया बत्ती बाल्ने , थाल कटौरा बजाउनेबयो भारतिय बिधि हो जसले कोरोना भाइरस भाग्दैन जुन दिन भारतमा भारतीय प्रधानमन्त्रीले थाल कटौरा,दिया बत्ती बाल्न लगाए त्यस दिन भारतमा केवल ८०० को हाराहारीमा कोरोना भाइरस संक्रमित थिए आजको दिनमा ५०००० बढिमा संक्रमण फैलिएको छ यो त केवल जाँचेककाको तथ्यांक हो त्यो देशको जनसंख्यालाई हेर्ने हो भने ०.०७६% मात्र टेस्ट भएका छ्न त्यो दिया बत्तीले कोरोना भाईरस भगाउँन सक्दैन । अर्को गम्भीर कुरा भारतमा नि के छ भने प्रधानमन्त्रीको सल्लाहकारहरुले सल्लाह दिन्छ्न कि गाईको गोबर र गाईको मुतको सेवन गर्दा कोरोना भाइरस लाग्दैन तेस्तै तथ्यसङ्गत तर्कले आज त्यो देशलाई कोरोना भाइरसले पुरै सिथिल पारी सक्यो अनि तँपाइ त्यही देशका प्रधानमन्त्रीले कोरोना भाइरस संग लड्ने विधिको प्र्योग गर्दै हुनुहुन्छ ।

सम्मानित प्रधानमन्त्री ज्यु जनताहरुको स्वास्थ्यसंग खेलवाड र हेलचक्रैइ नगर्नुस भारती सिमा बन्द छ फेरि कडाईका साथ बन्द गर्नुस । टेस्टलाइ मास रुपमा गर्नुहोस। आर्थिक गतिबिधी लाई चलायामान बनानुहोस रोग र भोकसंग लड्न कुन पद्धति ठिक हुन्छ सबै क्षेत्रका सम्बन्धित स्पेसलिस्टहरुसंग सोसल डिसडिस्टेन्सिङ कायम गर्दै गोलमेच सम्मेलन गर्नुहोस ता कि कुनै उत्तम बिधि को निर्माण होस ।

अन्तमा भारतीय कोरोना युद्द विधि दुनियाँका कोरोनासंग लड्ने सफल ५० देश भित्र सामिल छैन । यो एक अन्तर्राष्ट्रिय मान्यता प्राप्त हेल्थ सम्बन्धी पत्रीकाको सर्बेक्षणले एक महिना लगायर गरेको अनुसन्धानमा प्रकाशित गरिएको छ।यो चित्र यो विधि भारतीय कोरोना युद्दमा २१२ देश मा सफल विधि हो। यो मेरो सुझावलाई गम्भिरताका साथ सुनियो प्रधानमन्त्रीज्यु धन्यवाद ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

देशमा सुशासनको प्रत्याभूति दिलाउने कानुन हाे : प्रधानमन्त्री दाहाल

काठमाडौँ ।  प्रधानमन्त्री दाहालले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम