काठमाडौँ । कोरोना विरुद्धको खोप गर्भवती र सुत्केरीलाई पनि सुरक्षित रहेको विज्ञले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले अब गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी थालिसकेको छ । यसअघि गर्भवती र सुत्केरीलाई खोप नलगाउन आग्रह गरिएको थियो । तर, अहिले जोखिमको आधारमा कोरोना भाइरसविरुद्धको खोप दिनुपर्छ भनेर सिफारिस भएकाले गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई पनि खोप दिने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गर्भवतीलाई कहिले र गर्भ बसेको कति औँ महिनामा खोप दिने भन्नेबारे छिट्टै निर्णय हुने साथै खोप विज्ञ डाक्टर श्यामराज उप्रेतीका अनुसार ३५ वर्षभन्दा माथिका गर्भवतीमा उच्च रक्तचाप, मधुमेह, मोटोपन छ भने जोन्सन एण्ड जोन्सन खोप दिन सिफारिस गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम