काठमाडौँ । नेपालसँग सीमा क्षेत्रका मामलामा कुनै विवाद नभएको चीनले प्रष्ट पारेको छ ।

दूतावासले, केही व्यक्तिले यसअघि पनि नेपाल र चीनबीच कथित सीमा विवाद निम्त्याउने प्रयास गरेको भन्दै यसबारे परराष्ट्र मन्त्रालयले त्यतिबेला जारी गरेको प्रष्टीकरण बुझ्न आग्रह पनि गरेको छ ।

काठमाडौँ स्थित चिनियाँ दूतावासका प्रवक्ताले विज्ञप्ति निकाली नेपाल सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको बताएको हो । चिनियाँ दूतावासले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सन् १९६० को दशकको शुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भैसकेको छ । त्यसबेलादेखि नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद छैन ।’

हुम्लाको सीमावर्ती नेपाल–चीन–तिब्बत क्षेत्रको केही जमीन कब्जा गरेर चीनले आफ्नो भौतिक संरचनासमेत बनाएको भन्दै यसअघि विवादमा आएको थियो । कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जीवनबहादुर शाहीले उक्त क्षेत्रमा भ्रमण गरेरै प्रतिवेदनसमेत बुझाएका थिए । यसै विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारले हालै एक समितिसमेत बनाएको छ । सरकारले समिति नै बनाएपछि चीनले पनि काठमाडौं स्थित दूतावासमार्फत् प्रतिक्रिया दिएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम