एजेन्सी । संसारका सबैभन्दा धनी अर्बपति एलोन मस्कले उनको स्टारलिंक इन्टरनेट स्याटेलाइटले अन्तरिक्षमा धेरै ठाउँ लिएको भन्दै गरिएको आलोचनाको प्रतिवाद गरेका छन्।

एलोन मस्कले पृथ्वीको तल्लो कक्षामा अर्बौं उपग्रह स्थापना गर्न सकिने प्रस्ट पारेका छ्न । यसअघि युरोपेली अन्तरिक्ष एजेन्सी र चीनले एलोन मस्कको महत्वाकांक्षी परियोजनालाई निशाना बनाएका थिए । भर्खरै, मस्कको उपग्रहले अन्तरिक्षमा रहेको चिनियाँ स्पेस स्टेसनमा ठोकिएको भनी हल्ला फैलिएको थियो।

यस्को प्रतिवाद गर्दै मस्कले एक अन्तर्वार्तामा भनेका थिए, ‘अन्तरिक्ष धेरै ठूलो छ र उपग्रहहरू साना छन।’ स्पेसएक्सका मालिक एलोन मस्कले आफ्नो स्टारलिंक इन्टरनेट सेवाहरू मार्फत आफ्ना प्रतिस्पर्धीहरूको स्याटेलाइट प्रवेशमा अवरोध गरिरहेको आरोप निराधार रहेको वताएका छन्। मस्कले भने कि अन्तरीक्षका हजारौं उपग्रहहरू समेत केही होइनन्। यो पृथ्वीमा लाखौं कारहरू भए जस्तै हो।’ उनले कसैले कसैलाई पनि अन्तरिक्षमा आउनबाट रोक्न नसक्ने प्रष्ट पारेका छ्न।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम