भक्तपुर । नाेवेल कोरोना भाइरस (काेभिड १९) संक्रमणबाट भक्तपुरका थप एक पुरुषको मृत्यु भएको छ । 

मध्यपुर थिमि नगरपालिका–७, नगदेशका ४० वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो । चार दिन अगाडि मात्र उनकी ६२ वर्षीया आमाको कोरोना संक्रमणका कारण पाटन अस्पतालमै मृत्यु भएको थियो ।

१५ दिनअघि छोरामा कोरोना संक्रमण देखिए पछि लगत्तै उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । त्यसपछि आमालाई संक्रमण देखिएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए । मृतकलाइ अन्य कुनै रोगहरु थिएन ।

उनका अनुसार यो परिवारका अन्य ६ जनामा सदस्यहरूमा पनि कोरोना संक्रमण देखिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम