मुखबाट कुरो खुस्कियो कि बुझ्नु मैदान हुन्छ ।।
कसले सुनायो नभन्नु भित्ताको पनि कान हुन्छ ।।

इज्जत गर्नुस् बदलामा इज्जत पाइन्छ पक्का ।
भालुलाई अर्ति नदिनुस् आफ्नै अपमान हुन्छ ।।

भावनाले मन जित्ने पृय मान्छेहरु नजिक छौ ।
बरु रगतको नातामा कुनैदिन चिनजान हुन्छ ।।

कर्मले यसरी मन लुट्नुस् कि सक्नु हुन्छ भने ।
मान्छे नै मान्छेको लागि सच्चा भगवान हुन्छ ।।

दिन कसरी कटाउछेस् ? सोध्यौ रात सोधेनौ ।
कहिलेकाँही परेला नजोडिकन बिहान हुन्छ ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

काक्रेबिहार सांगीतिक साँझ २०२३को सम्पूर्ण तयारी सम्पन्न

दक्षिणकोरिया।सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान”