हिजो देश बचाउन कै लागि बा, भएका हुन वीरगति ।।
छोरो टुहुरो छ सरकार उसलाई, खाना देउ अलिकति ।।

ए शिरमा चढेको मान्छे तलाई, खसाल्न म आउनु छ ।।
जति गर्नु छ गरअझै केहीबेर, अग्लो देखिने आत्मरति ।।

मेरो बस्तीमा भोकमरी रोगले, खुब सताउदैछ अचेल।।
होसगर नेताज्यु तिम्रै शरिर, बन्ला निकोपार्ने ओखति।।

तिमीले मेरो घर जलाएर, आसुको आगो खुब ताप्यौ ।।
ईश्‍वरअब तिम्रो मन्दिर जलाउने, मलाई देउ अनुमति।।

दिनहु आफू जस्तै नारि, लुटिएकि छन सबै थाहा छ ।।
बचाउन छोडि रस रमिता किन, हेर्छन् पुज्य सरस्वति ।।

शिवलाई लाहुरमा पठाई, धन सम्पति सब कुम्ल्याई ।।
लुकिछिपी कृष्ण कि गोपिनी बन्छन, अचेल कि पार्बती ।।

About the author

'सत्य बाटो, नयाँ खोज'- 'तिब्र खबर, सूचना र सञ्चार' सारथी संसार डट कम मा जोडिनु भएकोमा यहाँलाई हृदयको अन्तस्करण देखि स्वागत छ । देश र जनतामा समर्पित सारथी संसार सदैब तपाईंहरुको सुझाव, सल्लाहलाई रचनात्मक रुपमा सिरोपर गर्दै अगाडि बढ्ने छ । थप समचारका लागि तलको लिंकमा थिच्नु होस । धन्यवाद ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

काक्रेबिहार सांगीतिक साँझ २०२३को सम्पूर्ण तयारी सम्पन्न

दक्षिणकोरिया।सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान”