बगरले माटो निलेर मैदान तय हुने हो ।।
कसैले जान्दैन भोलि कसको उदय हुने हो ।।

म आफू सानो भएर यस्तो घमण्ड राखूँ ।
हजार दशपल्ट टुक्रिँदा बल्ल सय हुने हो ।।

कसैले यो मात बुझ्न हिम्मत गरोस् कलाको ।
सुराको सागर पिएर संगीत लय हुने हो ।।

प्रियाले व्रतमा पनि मेरै आयु माग्न थालिन् ।
बुझिनछिन् क्यार आफ्नो चाहत विलय हुने हो ।।

यो जिन्दगीलाई सन्तुलित राख्नको निमित्त ।
कसैले हूरी हुँदा कसैले विनय हुने हो ।।

फगत लडाईं गरेर बदनाम बन्छ दुनियाँ ।
बुझे त हुन्थ्यो पुनः विजेता समय हुने हो ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

काक्रेबिहार सांगीतिक साँझ २०२३को सम्पूर्ण तयारी सम्पन्न

दक्षिणकोरिया।सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान”