कर्णालीप्रदेश, सल्यान

सल्यान जिल्ला सङ्घीय गणतन्त्र नेपालको कर्णाली प्रदेशमा पर्ने एक पहाडी जिल्ला हो। नेपालको राजधानी काठमाण्डौ देखी करिब ४९६ कि.मी. (मोटर बाटो) को दुरीमा यस जिल्लाको जिल्ला सदरमुकाम खलङ्गा रहेको छ । जिल्ला ववइ नदिको ३२६ मिटर उचाइ देखी २८२७ मिटर उचाइको खर्शुवास लेकसम्म फैलिएको छ । र जिल्ला सदरमुकाम १५३६ मिटर उचाइमा रहेको छ । यो जिल्ला भौगोलिक हिसाबले राप्ती अञ्चलको प्यूठान पछिको दोश्रो सानो जिल्ला हो 

    वि.सं.२०७८ सालको राष्ट्रिय जनगणना प्रारम्भिक नतिजा अनुसार सल्यान जिल्लाको कुल जनसंख्या-२,३८,६६८ पुरुष जनसंख्या -१,१४,९५३ र महिला जनसंख्या-१,२३,७१५ रहेको छ । यस जिल्लाको क्षेत्रफल १,९५१ वर्ग कि.मी. (१,९५,१७८ हेक्टर) रहेको छ । यो जिल्ला २८० ३१। देखी २८० ५३। उत्तरी अक्षाम्श र ८२० ०। देखी ८२० ४६। सम्म पुर्वी देशान्तर सम्म फैलिएको छ ।यस जिल्लाको पूर्वमा रोल्पा पश्चिममा सुर्खेत र बर्दिया उतरमा जाजरकोट र रुकुम दक्षिणमा दाङ र बाँके जिल्ला रहेका छन् ।

       भौगोलिक विकटता र भौतिक पूर्वाधारको न्यून विकासकले गर्दा यहाँका अधिकांस मानिसहरूको जीवन कष्टकर रहेको छ । परम्परागत कृषि पेशामा आधारीत यहाको आर्थिक प्रणाली सुधार उन्मुख रहेको छ भने सामाजिक क्षेत्रमा पनि विस्तारै परिवर्तनहरु देखिदैछन् । यहाँ बाहुन, क्षेत्रि, मगर, कामी, दमाई, नेवार समुदायको बहुल्यता रहेको छ। राप्ती राजमार्गको मध्यखण्डको निर्माण पछि यस जिल्लाको चौतर्फी विकासको ढोका खुल्ला भएको हो । शारदा नदी यस जिल्लाको प्रमुख जल सम्पदाको रूपमा रहेको छ। कुपुण्डे दह यहाँको धार्मिक स्थलको रूपले प्रसिद्व रहेको छन्। यसका साथै खैरावाङ भगवती मन्दिर र छत्रेश्वरी मन्दिर प्रमुख धार्मिक स्थलको रूपले प्रसिद्व रहेका छन्। यसका अतिरिक्त अन्य पर्यटकिय एवं धार्मिक स्थलहरु यहाँ प्रसस्त मात्रामा रहेका छन् । अदुवा खेती, अमिलो जातका फलफूल खेती तथा बाख्रा पालन व्यवसायका साथ कृषि व्यवसाय नै यस जिल्लाको प्रमुख व्यवसायको रूपमा रहेको पाईन्छ। प्रसस्त मात्रामा रहेको प्राकृतिक श्रोत साधनको समुचित उपयोग सहित जिल्लाको चौतर्फी विकासका लागि सबैतिरको प्रतिवद्वता नै यहाँको विकासको मूल आधार हो ।

सल्यान जिल्लामा जम्मा १० वटा स्थानीय तहहरू छन ।

  •  शारदा नगरपालिका 
  •  बागचौर नगरपालिका 
  •  बनगाड कुपिन्डे नगरपालिका । 
  •  दार्मा गाउँपालिका 
  •  कुमाख गाउँपालिका 
  •  सिद्ध कुमाख गाउँपालिका 
  •  छत्रेश्वरी गाउँपालिका 
  •  त्रिवेणी गाउँपालिका
  •  कपुरकोट गाउँपालिका 
  •  कालिमाटी गाउँपालिका 

जिल्लाको नामाकरण

यस जिल्लाको नाम कसरी सल्यान रहेको हो ठोस रूपले एकिन हुन सकिरहेको छैन। बुढापाकाहरूले यस जिल्लाको नामको बारे अनेक प्रसँग जॊडेको पाइन्छ। जसमध्ये तत्कालिन राजाले यहाँ राज्य गर्दा सल्ले भन्ने स्थानको व्यक्तिलाई आफ्नो सहयोगीका रूपमा राखेका र उसैको नामबाट सल्ले अपभ्रंश हुँदै गएको हो भन्ने प्रसँग प्रचलित रहेको छ। अर्को थरीहरू सल्लै सल्लाका सुन्दर पहाड र थम्काहरूले अत्यधिक मात्रामा ढाकिएको यसलाई सल्लाबाट सल्यान हुन गएको हो भन्ने पनि गर्दछन्। 

जिल्लाको इतिहास

बाईसे राज्यभित्र पर्ने सल्यान जिल्लाको इतिहास लामो छ। यो सैत्य परिवारले राज्य गरेको सोशान्त राज्य हो यसलाईअत्यन्त गरिव राज्य भनि प्रसिध्द इतिहासकार हे मिल्टन भन्दछन । तापनी नेपाल राष्ट्रको एकिकरण अभियानमा पृथ्वीनारायण शाहसँग यहाँको राजा कृष्ण शाहको घनिष्ट मित्रता थियो। वि.स १८२३ माघ २५ गते सल्यानी युवराज रणभिम शाह सँग पृथ्वीनारायण शाहले आफ्नी छोरी विलासकुमारीलाई प्रणयसुत्रमा वाँधिदिए। छिल्ली बिजौरीदेखि पश्चिम दाङ्ग क्षेत्र आफ्नी छोरीलाई कुशविर्ता दिए। पृथ्वीनारायण शाहले आफ्नो कब्जामा नआउदै कुशविर्ता दिएबाट के देखिन्छ भने सल्यान पृथ्वीनारायण शाहको नजरमा ज्यादै बलियो राज्य रहेछ।


पृथ्वीनारायण शाहको सल्यान प्रतिको नीति कायम राख्दै भीमसेन थापाले पाल्पा विजय गरेपछि सल्यानका विषयमा रुची बढेको थियो। फलतः वि.सं.१८६९ भाद्र ३ गते मंगलबारका दिन सल्यान पनि नेपाल एकिकरण अभियान भित्र परेको सल्यान जिल्लाको ऐतिहासिक पृष्ठभूमि महत्त्वपूर्ण छ। राणकालिन अबस्थामा सल्यान जिल्ला अन्तर्गत हालको रुकुम, रोल्पा र दाङ जिल्लाको अधिकतम भाग यस जिल्लामा नै थियो। यसको क्षेत्र पनि ठूलो थियो चौथो दर्जाको बडाहाकिमको दरवन्दी थियो। अघि भएका कुराको बयान नै ईतिहास हो ति पुराना दैविक शक्तिका घटनालाई पुराण र मानविय घटना प्रधानलाई ईतिहास छुट्टयाई ईतिहास पराणानी,पञ्चमो वेद उच्येतेः भनेर वेदलाई जसौ गरी इतिहासलाई हाम्रा पुर्वजहरूले आदर भावले हेथ्र्ये । ऐतिहासिक पृष्भुमिमा सल्यान राज्यलाई गोर्खाले वि.सं.१८४३,१८६५, १९०६ मा अधिनस्थ भएपनि २०१५ सालमाको संसदिय निर्वाचमा जिल्लाको रुप खडा भएको थियो । त्यसपछि २०१७ सालमा यस सल्यान राज्यलाई कर्णाली र भेरी र राप्ती अञ्चलमा विभाजित गरियो । यसको पुर्व सिमाना धौलागिरी र लुम्बनी दक्षिणी सिमाना भारतको उत्तर प्रदेश, पश्चिमी सिमाना भेरी अंञ्चल र उत्तरि सिमाना कर्णाली अञ्चल छन । यसको राप्ती अञ्चल नाम रहनको कारण यो छ कि माडी र झिम्मुग संगम राप्ती र (इरावती) र पुर्वि भागबाट बहनो बाराही (बबै) र शारदा संगम इरावती दुवै नामबाट आखिरी तिन अक्षर रावतीका आधारमा यो भुभागको नाम राप्ती रहेको हो । सल्यान भुमी पहिले बिस्तृत रूपमा ठूली थिईन ।


यस पवित्र पावन पुण्यभुमिमा सल्यानमा शारदा श्री रौवाङ्ग भवानी भगवती भुवनेश्वरी, लक्ष्मीपुरकोट कमलाक्षेदेवी भगवती लक्ष्मीपुर रुपाकोट, रुपइशेश्वरी भगवती लक्ष्मीपुर आरचौर लिगम्बरा योगिनी, श्री त्रिकुटेश्वरी शिवलिङ्ग सल्यान साङकोट शंखमुल, छाँयाक्षेत्र, शाली वाङ्ग श्री चर्तुमाला खामे लेख सिद्ध, चारखुवासल्यानमा कुपिण्डे दहः, रामपुर पट्टेपट्टे दहः, सल्यान रामपुरमा श्री कालीमाटी बज्यू गङ्गामाला देती उत्तर सिमाना भैरवी(भेरी) नदिले रक्षित भएकी शुसोभायमान दैविक शक्तिले भरिपुर्ण प्राकृतिक सम्पदाले धनिरहेको सल्यान धन्य : भुमि हुनजुन भुमिको बर्णन ब्राहण्ड, स्कन्ध ,पुराण योग तरङ्गिनीमा भरपुर बर्णन पाईन्छ ।

कुपिन्डे दह

कुपिन्डेदह नेपालको सल्यान जिल्लामा अवस्थित एक ताल हो। यो दह जिल्ला सदरमुकाम खलङ्गादेखि २४ किलोमिटर पश्चिममा अवस्थित छ। मनोरम र आकर्षक कुपिन्डे दहको क्षेत्रफल एकिन नाप नभएता पनि स्थानीयहरूका अनुसार यो दह ५८ एकड क्षेत्रफलमा फैलिएको दावी रहेको छ। प्रत्येक वर्ष यो दहसँगै जोडिएर रहेको मन्दिरमा पूजापाठ गर्न छिमेकी जिल्लाका भक्तजनहरू आउने गर्छन्। यो मन्दिरमा मार्ग शुक्लपूर्णिमा र बैशाख शुक्लपूणिर्माका दिन मेला लाग्ने गरेको छ।यो दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी याममा रङ्ग परिवर्तन गर्ने गरेको विश्वास गरिन्छ।



सल्यान जिल्ला झल्काउने नगदेबालीहरु

अदुवा

वैज्ञानिक वर्गीकरण अनुसार जिन्जीविरेसी (Zingiberaceae) परिवारमा पर्ने प्रमखु बिरुवा हो। यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ। यसको गानो रेशादार हुन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ। नेपालमा सल्यानको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ अदुवा खासगरी चैत्र/बैशाख महिनामा रोपिन्छ। यो खेती गर्नका लागि सामान्यतया पानी नजम्ने दुमट किसिमको माटो उपयुक्त हुन्छ। बारी जोतेर राम्रोसँग डल्ला फोरी माटोलाई बुर्बुर किसिमको बनाउनु पर्दछ। त्यसपछि ड्याङ खनेर त्यसमा कम्पोष्ट मल अथवा पचेको गोबरमल हाल्नु पर्दछ। त्यसको माथि अदुवाको पानालाई स-सानो टुक्रामा भाँचेर रोप्नु पर्दछ। यसरी टुक्रा भाँच्दा प्रत्येक टुक्रामा कम्तीमा एउटा टुसो पर्ने गरी सावधानी पूर्वक भाँच्नुपर्दछ। कम्पोष्ट मलमाथि अदुवाको बीउ राखिसके पछि धुलो माटोले पुर्नु पर्दछ। झार आदिबाट जोगाउनका लागि सुकेको पतकर आदि ड्याङमा राख्न सकिन्छ। अदुवा रोपेको ठाउँमा उम्रेको झारलाई बराबर उखेली रहनु पर्दछ। अदुवाको बिरूवा राम्रोसँग उम्रेपछि अघि रोपेको बीऊ झिक्नु पर्दछ। यसरी झिकिएको बीऊको टुक्रालाई माऊ र कतै बुढी पनि भन्दछन्। माऊ अदुवा सामान्य अदुवा सरह मसलाको रूपमा प्रयोग गर्न सकिने भएको हुँदा यो लोकप्रिय नगदेवाली हुन पुगेको हो। बजारमा पनि माऊ अदुवा राम्रो मूल्यमा बिक्री हुन्छ। माऊ झिकिसके पछि अदुवालाई उकेरा अर्थात् माटो दिनु पर्दछ। चैत्र बैशाखमा रोपेको अदुवा कार्तिक/मंसीरमा खन्न सकिन्छ।

टिमुर

टिमुर सल्यान जिल्ला तथा नेपालमा पाइने एक किसिमको फल हो। मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ। बैज्ञानिक नाम ( ल्याटिन नाम) : जान्थोजाइलम अर्मेटम (Zanthoxylum armatum DC) आयुर्वेदिक प्रणाली अनुसार यो वायुशमन गर्ने, दाँत दुखेको निको गर्ने, तागत दिने, जरो निको गर्ने, अजिर्ण र हैजा इत्यादि रोगहरूमा प्रयोग गरिन्छ। यो माछाको विषमा पनि प्रयोग गरिन्छ

सुन्तला, मौसमी ,कागती

नेपालमा पाइने एक प्रकारको फल। यसको बोट ५ देखि ८ फीटसम्म अग्लो हुन्छ। यो पतझड वा decidious वर्गको वनस्पति हो। यसको बोटमा तीखो काँडा हुने गर्दछ। सल्यान जिल्ला सुन्तल, मौसमी लगाएत कागतीको राम्रो उत्पदन हुने जिल्ला हो एहा बर्सेनी यही फलफुलको उत्पादनबाट प्रती बेक्ती लखौको आम्दानी हुने गर्दछ तेस्का साथै सल्यानको सुन्तला आफै म गुणस्तर युक्त र स्वादिलो हुने हुनाले फल्फुल किन्नाको लागि दाङ, बुटवल, बाँके, सुर्खेत्, आदीबाट ब्यापरी हरू सल्यान जिल्लाका विभिन्न ठाउँमा आउने गर्दछ्न।

सल्यान जिल्लाको धर्म तथा सँस्कृति

खैरावाङदेवी

सल्यान जिल्लाको सदरमुकामबाट २० कि. मि. टाढा रहेको खैरावाङ मन्दिर त्यस क्षेत्रको ठूलो शक्तिपीठ हो। ३ घण्टाको ठाडो उकालो हिँडेर पुगिने यो मन्दिरमा भुवनेश्वरी देवीको मूर्ति छ। त्यहाँ घटस्थापना देखि पूणिर्मासम्म ठूलो मेला लाग्छ र यहाँ आएर पुजा गर्दा मन्ले चिताएको कुरा पुरा हुन्छ भन्ने जनबिश्वास रहेको छ। खैरावाङ मन्दिर हिवल्चा गा.बि.स.मा पर्छ।

छत्रेश्वरी

छाया क्षेत्रमा अवस्थीत छत्रेश्वरीदेवी मन्दिर
छायाक्षेत्र नेपालका सबै शक्तिपीठहरु मध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो सल्यान छायाक्षेत्रको छत्रेश्वरीदेवी मन्दिर । यहाँ सर्वप्रथम अष्ट भैरवले पूजाआराधना गरेकाले कुनै पनि अवसरमा बलि नचढाइने बताइन्छ । सत्ययुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अन्तिम अङ्ग पतन भएको विश्वास गरिने छायाक्षेत्र सल्यानको महत्त्वपूर्ण धार्मिक पर्यटन गन्तव्य हो । दाङको घोराहीदेखि करीब ७० कि. मि. राप्ती राजमार्ग पार गरेपछि सल्यानको शंखमूल पुगिन्छ । त्यहाँबाट पैदल एक घण्टा उत्तरतर्फको डाँडोमा चढेपछि छत्रेश्वरी देवीको मन्दिरमा पुगिन्छ । सल्यान सदरमुकाम खलङ्गादेखि १९ कि. मि. दक्षिणपूर्वमा पर्ने उक्त मन्दिर शारदा नदीको पनि पूर्वतिर रहेको छ । त्यहाँ पुग्ने जो कोहीलाई छायाक्षेत्र साँच्चिकै आफै छायाँमा परेको महसुस हुन्छ । टाढा-टाढाबाट मानिसहरु आए पनि यहाँ आउने बाटो, आवास, पानी लगायतको राम्रो व्यवस्था हुन सकेको छैन । ५० रोपनी क्षेत्रफलमा फैलिएको छायाँक्षेत्र मन्दिरमा शिवरात्रीको बेलामा ठूलो मेला लाग्ने गर्दछ । मन्दिर परिसरमा अहिले छत्रेश्वरी देवीको ठूलो मन्दिर छ । यससँगै सुकमोला योगिनी पिशाचेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ । यस मोक्ष भूमिमा काल आदि अष्ट भैरवले तपस्या गरेका थिए । जहाँ-जहाँ सतीदेवीको शरीर पतन भएको थियो, त्यहीं-त्यहीं पीठ उत्पन्न हुँदै गएको धार्मिक ग्रन्थमा उल्लेख छ । मन्दिर परिसरको उत्तरतिर एउटा ठूलो शीला छ, जहाँ? सतिदेवीको सम्पूर्ण अङ्ग पतन भएको विश्वास गरिन्छ । अङ्ग पतन भएको शीलामा आँखाले अवलोकन गरे सल्यानका गाउँबस्ती देख्न सकिन्छ भन्ने किंवदन्ती छ । पौराणिक कथाअनुसार सतीदेवीको पहिलो शरीर गुहेश्वरीमा पतन भएको थियो भने अन्तिम शरीर सल्यानको छायाँक्षेत्रमा पतन भएको हो । जहाँ-जहाँ अङ्ग पतन भए, त्यहाँ सबै पूण्यभूमिको रूपमा रहेका र अन्तिम अङ्ग पतन भएको स्थान यस क्षेत्र मोक्ष प्राप्त गर्ने पूण्यभूमि भएको जानकारहरु बताउँछन् ।

कालिका भगवती

सल्यान जिल्लाको कोट्मौला गाबिसमा अवस्थित एस कालिका भागअवती मन्दिर म पन्च बल का साथ बली दियिन्छ र फुल्पाती देखी आस्ट्मी सम्मा यहाँ मेला लग्ने गर्द छ

मोखला सिवगुफा

सल्यान जिल्लाको पिपलनेटा गाबिसमा अवस्थित मोखला सिव गुफा कती लामो छ भन्ने कुरा आहिले सम्म पनि थाहा हुन सकेको छैन एस गुफामा भागबान शिवको मुर्ती रहेको छ भने त्यहाँ ओर परका मनिस हरू पुजपाठ तथा विवाह का लागि आउने गर्दछ न

कमलाक्षी

सल्यान जिल्लाकै लक्ष्मीपुरमा श्री कमलाक्षीको मन्दिर रहेको छ। यस स्थानमा सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ। यस स्थानमा सर्वप्रथम योगमार्गीहरूले पूजा-आराधना गरेको मानिन्छ। एउटा पहाडको रूपमा रहेको यो मन्दिरमा करङका आकृतिहरू देखिन्छ।

लाटाकामी

वि.सं. १९७५ तिर सल्यान, खलङगामा कामी परिवारमा जन्मेका अनपढ लाटाकामीले आफ्नै बलबुद्धि र साहसले एयरगनदेखि वाष्पशक्तिद्वारा उड्ने टेलिकोप्टरसमेत बनाएर सबैलाई आश्चर्य चकित पारेका थिए। २००७ सालको क्रान्तिका बेला थुप्रै बन्दूक बनाई क्रान्तिकारीलाई सहयोग गर्ने वैज्ञानिक लाटा कामीले रबरका टाइप बनाउने टाइप राइटरमा सुधार गर्ने, घण्टाघरको जस्तो ठूलो घडी, नयाँ आयाम थप्न, ढल्काएर हेर्दा मात्रै नेपालको नक्सा देखिने अनौठो खुकुरी, बन्दुक, पेस्तोल नयाँ-नयाँ ढंगका बनाउने कार्य गरेका थिए। उनले वाफद्वारा आगो फुक्ने मेशिन बनाउनमा सफलता हासिल गरेपछि वाष्प शक्तिद्वारा चल्ने हेलिकोप्टर समेत बनाएका थिए। यति ठूलो वैज्ञानिक प्रतिभा भएका लाटा कामी पनि नेपाली शासकको हेलचेक्र्याइले गर्दा अन्ततः अन्धो भए । औषधी उपचारको समेत सुविधाबाट बञ्चित भई २०३७ सालमा दाङमा उनको अत्यन्त दुःखद निधन भयो। उनलाई सल्यानका विभूति उपनामले चिनिन्छ।

सल्यान जिल्लामा नाचिने नाचहरू

झ्याउरे नाच

नाच सल्यान जिल्लाको धेरै ठाउँमा नाचिने नाच हो प्राए जसो चाडमा गाउ गाउमा यो नाच नाचिन्छ मारूनी नाच :- सल्यान जिल्लको परम्परागत नाच हो। पुरुषलाई महिलाको कपडा पहिराएर मारूनी बनाएर मादलको तालमा पुराना पौराणिक कथाहरूमा आधारीत गीतहरू गाएर नाचिने यो नाच नेपालका मगर, गुरुङ, तामाङ, लिम्बू जातीको मुख्य संस्कृति रहेता पनि यो नाच प्राय सबै ठाउँमा सबै जातीले अपनाएको देखिन्छ। तर अब आएर यो मारुनी नाच लोप हुने परिस्थीतीमा पुगी सकेको छ।

टप्पा

टप्का सल्यान जिल्ला तिरको प्रचलित गीत भएर होला यसलाई सल्यानी टप्का पनि भने सुनिन्छ। केही टप्काहरू:- चामल सरी आटो जुमलाको तिते फापर, जुम्ला जाने बाटो सिकाइ देउन मारुनी। सँगै जाउँला बेँसी सितल पाटी झर्यौ भने, बनाइएल्यो आँसी, चिर्ते मिर्ते फलामको। यस्तै प्रकारका अनेकौँ टप्काहरू नाचको बिच बिचमा गाएर रमाइलो टप्का नाच नाचिन्छ।

सेरेङगे नाच सोरठी

सोरठी लोकसाहित्यको कथावस्तु कुनै लामा घण्टौँ लाग्ने पनि हुन्छन् र कुनै छोटा र छरिता मिठासपूर्ण हुन्छन्। यहाँ कुनैका कथावस्तु त केवल घटनाको सानो डोरोमा मात्रै पनि विरचित हुन सक्छन्। जे होस्, कुनै न कुनै कथाको आधार हुन्छ-हुन्छ।यी कथा कुनै पनि शिक्षितपठित जनगलाबाट विकसित भएका हैनन्। यी त प्रकृतिमा सहज र सुकुमार अशिक्षित सामान्य जनगलाबाट निर्मित र सम्बन्धित हुन्। यसैले यहाँ कुनै बौद्धिक तीव्रता र जनचेतनाको चिन्तात्मकता पाइँदैन। जति भनाइ छ, भावना छ, त्यो सहज र सरस मानव हृदयलाई खिच्न सक्ने खालको पाइन्छ, यसैले ती अशिक्षित सारा दर्शकवर्ग मख्ख भई यी कथाका लोकनाचहरू हेर्छन् र रमाइलो लिन्छन्। यसमा दुर्वोधता पाइँदैन, दिक्क लाग्दो र उराठिलो भावना जाग्दैन। यही नै यसको विशेषता हो

लाखेनाच

लाखे नाच लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो र यो नाच सल्यान जिल्ला पिपल्नेटा गाबिस्को मोखला मोखला भन्ने ठाउँमा कृष्णजन्मस्ट्मीको दिन नचिने गर्दछ र फलावाङमा रहेको पुरानो दरवारमा पनि लाखे नाचको साथै ठुलो मेला लाग्ने गर्छ। यो नाच खास गरी कृष्णजन्मस्ट्मीको दिन नाचिने गर्दछ। पहिलेको कथा हनुसार लाखेलाइ कंस को रूपमा हेरीन्छ। कृष्णले कसंमाथी बिजय प्राप्त गरेको कथालाइ लीएर यो नाच नाचीन्छ। तर अहीले आएर लाखे नाच कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा पनि लाखेको मुखुन्डो पहिरिएर नाचीन्छ। यसको सुरूवत कृष्णजन्मस्ट्मीको एक महीना अगाडि बिधी पुर्बक पुजा गरी सुरू गरीन्छ र कृष्णजन्मस्ट्मीका दिन अन्त्य गरीन्छ।

सल्यानका ब्यापारिक केन्द्रहरू

  • १) कपुरकोट
  • २) श्रीनगर
  • ३) सल्लीबजार
  • ४)थारमारे
  • ५) बाङ्गेलाखुरी
  • ६)खरिबोट
  • ७) खलङ्गा बजा

देशको समृद्धिका लागि पनि पर्यटकीय क्षेत्रलाई विश्व सामु पस्किन जरुरी छ। 

सङ्कलन: पि.एस. क्षेत्री,  स्रोत: गुगल

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

राकम कर्णालीमा स्लो बाईक प्रतियोगीता

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम