लाेकेन्द्र चिदाकास

आमा
आमा ति.. पट्पटी
फुटेका नाङ्गा…
रगताम्मे पैतलाहरुले
ढुङ्गा, मुढा, काँडेझारिहरु

संग..
तिम्रो लडाईं..

जारि रहिरहयो ।
त्यो लडाई कुनै युग

बदल्न नभएर..
मात्र..
मात्र हाम्रो सुन्दर
भविष्यको गारेटो बनाउन
हुन्थ्यो ।
फाटेको गुन्यु, चोली, पटुकी
बदल्न तिमी

कहिल्यै लागेनौ,
भोको पेटको वास्ता
कहिल्यै गरेनौ ।
दश नंग्रा खिईएर
तप.. तप ..
बग्ने गरतमा पनि,
दुई अझेउली पानीको
भरमा..
कम्मरमा पटुकी कसेर
स्वार्थहिन हाम्रो मायामा..
हरेक चुनौतीलाई
सहर्ष स्वीकार गरि,
अदम्य यात्रमा
कहिल्यै पूर्ण विराम
लगाएनौ ।
हामीलाई…
न्यानो काखमा च्याप्दै
दुर्गामी बाटो देखाउने
तिमी महान छौ ।
तिम्रो अटल धैर्यता
प्रेरणामा कहिल्यै कमि
भएन..
आसाको दियो बालिरहयौ
आमा तिमी देवी हौ ।
हाम्रा लागि तिम्रो
न माया घट्छ..
न उत्साह..नै..
रत तिमी आमा हौ ।

About the author

'सत्य बाटो, नयाँ खोज'- 'तिब्र खबर, सूचना र सञ्चार' सारथी संसार डट कम मा जोडिनु भएकोमा यहाँलाई हृदयको अन्तस्करण देखि स्वागत छ । देश र जनतामा समर्पित सारथी संसार सदैब तपाईंहरुको सुझाव, सल्लाहलाई रचनात्मक रुपमा सिरोपर गर्दै अगाडि बढ्ने छ । थप समचारका लागि तलको लिंकमा थिच्नु होस । धन्यवाद ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

काक्रेबिहार सांगीतिक साँझ २०२३को सम्पूर्ण तयारी सम्पन्न

दक्षिणकोरिया।सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान”