धादिङ । जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–३ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बीरगंजका २५ वर्षीय कृष्ण श्रीवास्तवको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश–२–००१ ख ८०२९ नम्बरको ट्रकले विपरित दिशातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२–०३७ प ७७३१ नम्बरको मोटरसाइकललाई आज दिउँसो ३ः१५ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार लमजुङकी अस्मिता पाठक घाइते छिन् । उनको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । ओभरटेक गर्ने क्रममा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको डीएसपी जैसवालले जानकारी दिए। ठक्कर दिने ट्रक र ट्रकका चालक प्रहरीको नियन्त्रणमा छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

विश्वासको मत दिन एमालेको आनाकानी

धनगढी। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री