खचितवन । जिल्लामा पछिल्लो तीन महिनामा बलात्कारपछि उपचारको क्रममा तीनको मृत्यु भएको छ । राप्ती नगरपालिका–१ मा बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राप्ती–१ पिप्लेकी २७ वर्र्षीया महिला रहेकी छन् । उनको यही जेठ ३१ गते उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । खैरहनी नगरपालिका–१० मा श्रीमान्ले योनीमा क्षति पुर्‍याउँदा उपचारका क्रममा श्रीमतीको मृत्यु भएको छ । ती महिलाको जेठ १७ गते उपचारका क्रममा मृत्यु भएको हो । उनलाई श्रीमान्ले जेठ १२ गते कुटपिट गरी योनीमा क्षति पुर्‍याएका थिए । इच्छाकामना गाउँपालिकामा एक वृद्धाको मृत्यु भएको छ । नातामा भाञ्जा पर्नेले जबरजस्ती करणी गरेको जाहेरी दर्ता गरिएको भोलिपल्ट ती वृद्धाको मृत्यु भएको हो । तीनवटै मुद्दामा संलग्नलाई कानूनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्लामा विसं २०७८ पुस १७ गतेदेखि २०७९ जेठ मसान्तसम्ममा ६६ मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९ इन्सेकले नेपाल मानवअधिकार वर्ष पुस्तक, २०२२ को अर्धवार्षिक समीक्षा कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । तथ्याङ्कअनुसार पछिल्ला तीन वर्षमा सोही समयमा भएका घटनालाई हेर्दा सबैभन्दा धेरै यस वर्ष भएको पाइएको छ । इन्सेक चितवनका प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार विसं २०७७ पुस देखि २०७८ जेठसम्म ३८ वटा र ०७६ पुसदेखि २०७७ जेठसम्म ५८ घटना भएका थिए । यस वर्ष सबैभन्दा धेरै बालिका करणीको सिकार बनेका छन् ।

करणीमा पर्नेमा २५ बालिकाका घटना र चार महिलाका रहेका छन् । करणीको प्रयासमा एक महिला, हत्यामा तीन महिला र दुई घटनामा पुरुष परेका छन् । बालयौन दुराचारमा १२ घटनामा बालिका, बहुविवाहमा ११, आत्महत्या दुरुत्साहनामा तीन, जनप्रतिनिधिबाट दुव्र्यवहारमा एउटा, हातहतियार मा तीन वटा र हत्या प्रयासमा दुई घटना भएको अधिकारीले जानकारी दिए । सहभागीले राखेका जिज्ञासाको जवाफ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले दिएका थिए । रासस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

विश्वासको मत दिन एमालेको आनाकानी

धनगढी। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री