चितवन। चितवनमा एमालेले विजयको खाता खोलेको छ । कालिका नगरपालिका–११ र राप्ती नगरपालिका(६ मा एमालेको प्यानलै विजयी भएको हो । यो सँगै प्रचण्डलाई आफ्नो गृहजिल्लामा झड्का लागेको छ ।

कालिका‘११ को अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत ल्याएर विजयी हुनुभएको छ । विजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याउनुभएको छ । यस अगाडि नै दलित महिला सदस्य भने निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

राप्ती–६ को अध्यक्षमा जल्लु महतो थारु १८ सय १६ मत ल्याएर विजयी हुनुभएको छ । वडा सदस्यमा एमालेका ममिता कुँवरले १७ सय ५८, राजकुमार तामाङले १६ सय ५३, सहदेव सेढाइले १४ सय ७७ र दलित महिला सदस्य गुनु विकले १७ सय ५२ मत ल्याएर विजयी हुनुभएको छ । एउटा वडाको मतगणना सकिंदा राप्तीको मेयरमा एमालेका गोविन्द कँडेलले १५ सय ३२, गठबन्धनबाट नेकपा एसका शमशेर लामाले १२ सय ७८ मत प्राप्त गर्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

विश्वासको मत दिन एमालेको आनाकानी

धनगढी। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री