खगेन्द्र कठायत, व्यवसायी धनगढी, (सुदूरपश्चिम)

यो देश र देशको रास्ट्रियता जोगाउन नेकपाको ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको छ। चाहे यो कथित रास्ट्रवादी नेकपाको सरकार होस या, संसदीय व्यवस्थाको वर्तमान विपक्ष दल नेपाली काङ्ग्रेस होस । यी दुबै पार्टीहरुले सत्ताको आडमा मिलिजुली अहिले मात्र हैन वहुदलीय व्यवस्था पूनर्स्थापित भए देखि मिलिजुली खाईरहेका छन् । यिनीहरुको भ्रष्टाचार र देशको अहितको लागि रास्ट्रिय सहमति भैसकेको छ । देशको सुरक्षाको लागि खडा गरेको सैनिक र अर्धसैनिक संगठनहरु देशलाई संकट परेको बेला देशको अस्मिता माथी बिदेशी विस्तारवादी र साम्राज्यवादीले बुल्डोजर चलाउँदा समेत देशमा नाफामूखी व्यापार गरेर बसेका छ्न् । यो देशमा राजनीतिक दलमाथि जनताको भरोसा टुटि सकेको बेलामा देशको हितमा यो सैन्य शक्तिले केही आवाज उठाउँछ कि ? भन्ने आम जनताको आस-भरोसा र विस्वासमाथि पनि प्रश्न चिन्ह खडा भैसकेको अवस्था छ । देशको सैन्य शक्तिले देशका दलाल र ठालुहरुको घरमा झाडू पोछा र तीनका बुट सफा गर्ने काम वाहेक देश हितमा खासै काम गरेको रेकर्ड छैन् । अहिले आएर यति ठूलो मात्रामा दक्ष व्यावसायिक सैन्य शक्तिलाई देशका गद्दारहरुले आफू अनुकुल प्रयोग गर्न सेनाका ठूला कमान्डरहरुलाई रिझाई नाफामूखी व्यापार-व्यावसायमा लगाई सकेका छ्न्। जसबाट ठालु र दलालहरुलाई पनि ठूलै मात्रामा रकम हातमा परिरहेको छ ।अब नेपाली जनताहरुले सोच्ने बेला आएको छ ।

अब यो देशको रक्षा यी राज्यका निकायबाट सम्भावना देखिदैन त्यसैले न्यायप्रेमी,वास्तविक रास्ट्रवादी सम्पूर्ण शक्तिहरु एक ठाउँमा आउनुको विकल्प छैन्। हाम्रो देशमाथि गिद्वे नजर लगाउँने रास्ट्रिय दलालहरु हुन या अन्तर्राष्ट्रिय पुँजीवादी दलालहरु हुन्, विस्तारवादीय हुन या साम्राज्यवादिहरु हुन, जोसुकसैलाई पनि अब नेपाली जनताहरुले छोड्ने वाला छैनन र यो देश जोगाउँन अहिलेका झुन्ड र मुन्डबाट सम्भव नै देखिदैन त्यसैले अब सबै खाले देशघाती जनघातिहरुबाट देशलाई जोगाउँन जनस्तरबाट सचेत बनेर संगठित एक भएर जाग्ने उठ्ने बेला भैसकेको छ । हिजोका दिनहरुमा देशको सेनाहरुलाई समय कालखण्डमा विभिन्न देशी, विदेशी गद्वारहरुका विरुद्धमा जनताहरुले जनस्तरबाट साथ र सहयोग गरेकै हो साथ दिएकै हो। ती परिस्थितीले निर्माण गरेका जनता सेनाहरुले गद्वारहरुका घाँटी रेटेकै हो ति सेना क्रमशः ( काङ्ग्रेस २००७, माओवादी २०५२) को अगुवाईमा जनताहरु सेना बनेकै हुन । फरक आज यति हो कि त्यो बेलाका रास्ट्रवादी आज आएर पैसामा बेचिए अनि मानव निर्मित ऐयासी सुख सुविधामा जिउँन सुरु गरे र त्यो सुख सुविधाको आपूर्तिका लागि यिनका बाउको विर्ताले नपुग्ने भएर मातृभुमी (नेपाल आमा)को दलाली गरि बेचेर खान लागे ।

अब नेपाल रास्ट्रको सुरक्षाका निम्ति नेपाली जनताहरु तल्लो स्तरबाट उठेर खास गरि जनताहरु स्वस्फुर्त रुपमा देशको सेना बन्ने छ, र देशका गद्वारहरुको छातीमा घरेलु हतियार बम बारुदले प्रहार गर्नेछन । जब जब देशमा वास्तविक अप्ठ्यारो परिस्थितीको सिर्जना हुने गर्छ तब तव विदेशी दलालहरुले देशलाई खण्डित गर्ने टुक्रा पार्ने प्रयत्न गरेको ईतिहाँस छ र त्यसबेला जनताहरुले पनि जनस्तरको कार्बाही गरेका इतिहाँस साँक्षी छ । जनताहरुको भरोसा र विस्बास गरेका राज्यका मुख्य- मुख्य अंगहरुनै अपाङ्ग भएको अवस्थामा जनस्तरबाट राज्यका अंगहरुलाई मजबुत कृयाशील बानाउन जन एकताको आवस्यकता महसुस हुन थाल्छ अनि विशेष परिस्थितीको निर्माण आफै हुन्छ र जनताहरु देश र रास्ट्रीयता जोगाउँन एउटा विकल्पको खोजी गर्छन।त्यसको फलस्वरूप रास्ट्रिय सेना वा जनसेनाको निर्माण जनताहरुले गर्छन। आजको दिनमा देशमा विशेष परिस्थितिको सिर्जना भएको छ । अहिले सिंगो विश्व (कोभिड-१९) कोरोना भाईरसको प्रभावले आतंकित भएको बेला हाम्रो जस्तो सानो अविकसित देश अछुतो रहेन। यो बेला सिंगो मुलुक कोरोनाको कारण त्रसित भएको बेला हाम्रो देश नेपाल आमाका गद्वार कपुतहरुले विदेशीले फालेको हड्डीमा रमाई देशको सुरागी विदेशीलाई गरिराखेका छ्न यस्तो गम्भीर परिस्थितिको मौका छोपी गद्वाहरु सकृय छ्न ।

जनताहरुले होस गर्ने बेला आएको छ सबैले चनाखो हुन जरुरत छ । हाम्रो देश नेपाललाई सिध्याउने बिस्तारवादी भारतकि पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको पुरानो प्रपञ्चको निरन्तरता मोदि सरकारले दिदै आएको छ। भारतमा भोट बैंकको राजनीति गर्दा मोदिले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धिको जति विरोध गरे पनि नेपाललाई सक्ने र आफ्नो राज्यको एक प्रान्त बनाई नेपाल र नेपालीहरुलाई दोयम दर्जाको नागरिकको अवस्था बनाउँने कुरामा भने मोदिको रवैयामा इन्दिरा गान्धी भन्दा कुनै भिन्नता आएको छैन बरु खास मौका छोपी नेपाललाई आक्रमण गर्ने प्रयत्न निरन्तरता दिदै आएका छ्न। त्यसको निरन्तरता हो २०७२ सालको भुकम्पको बेला नेपाललाई दुनियाँले सहयोग गरि राखेको बेला अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउँदै एक लयाण्ड लक देसलाई आपूर्तिको चैन नै वर्वाद पारी नाकाबन्दी जस्तो घृणित कार्य गरेको र आज त्यो निरन्तरताको परकास्टा ठिक ५ बर्षको अन्तरालमा अर्को आक्रमण गर्यो लिम्पियाधुरा र लिपुलेख्को नेपाली भूमीमाथी बुल्डोजर चलायो यो बेला दुनियाँमा मान्छेहरुको बाँच्न पाउने अधिकारलाई एक भाइरसले कडा चुनौती दिरहेको बेला हाम्रो दुस्ट रास्ट्रले नेपाली भूमीमा सडक निर्माण गर्न उद्घाटन गर्यो र त्यसको बिरोधमा नेपाली जनताहरुले काठमाडौैंमा बिरोध प्रदर्शन गर्दा त्यससका दलालहरुले जनताहरुलाई जेल हाल्यो गिरफ्तार गरी विधुतिय झट्का दिइ यातना दिदै छ उल्टै रास्ट्रीय दलालहरु एक प्रति प्रेसनोट निकाल्न ४८ घण्टा कुर्छन र देशभक्त रास्ट्रवादी जनताहरुकोको आँखामा धुलो झोक्न हस्ताक्षर विनाको प्रेसनोट निकाल्छ्न् ।

यस्ता रास्ट्रिय गद्वारहरुको जनताहरुले संयमताका साथ विचार गरिरहेका छन्, याद रहोस नेपाली जनताहरु वास्तवमा एक लडाकु समुदाय हो भन्ने पहिचान विश्वलाई थाहा छ र हाम्रा विदेशी एजेन्टलाई पनि राम्रोसंग थाहा होला र ती दलालका मतियारहरुलाई झन बढि थाहा हुनु पर्ने हो ।नेपाल अर्ध-सैनिक बलको २५ जनाको एक समूह पुरानो खिया लागेको हतियार सहित लिम्पियाधुराबाट १९ किलोमीटर नेपाली भूमीतर्फ नै सानो घामपानीले पनि बच्न नसक्ने खालको सेल्टर बनाई बस्दा दलालहरुका हनुमानहरुले यसरी व्याख्या गरेका छ्न कि त्यो नेपाली अर्ध सैनिक बलले बख्तर बन्द बंकर सहित विदेशीलाई समाप्त पार्न सक्ने क्षमताको एक टुकुडीको शेल्टर हो भन्ने जसरी हनुमानहरु हो तिमीहरु तिम्री आमाको वलात्कार हुँदा पनि गुनगान गाउने हो कि कडा प्रतिरोध गर्ने ? यो प्रश्न दलालहरुका हनुमानहरुलाई हो हिक्मत भए नेपाली देशभक्तहरुलाई यसको जवाफ दिनु पर्छ । अर्कोतर्फ साम्राज्यवादि देश अमेरिकाले अर्कोतिर पासो फाल्दै छ त्यो पनि एक खास परिस्थितिको मौका छोपेर बसेको छ।

मिलिनियम च्यालेन्ज कम्प्याक्ट्क (mcc) मार्फत नेपालीहरुलाई समृद्ध बनाउने नाममा नेपालको आन्तरिक मामिलामा चलखेल गरिरहेको छ । नेपाली जनताहरुले यसको बारेमा जान्न र बुझ्न अपरिहार्य छ किन भने नेपाली दलाल र साम्राज्यवादिको हड्डी खाएकाहरुले त्यो एक अमेरिकी निजि व्यापारीक संस्था नेपालमा आए नेपालको कायापलट हुने भनेर व्याख्या गरिरहेका छ्न । MCC एक नितान्त निजि व्यापारिक समूह हो यसले नेपालमा प्रस्तावित लगानीको भोलुम खासै ठूलो छैन $ ५०० मिलियन हो। सुरुमा यो प्रवेश पाउने बेलामा जनताहरुलाई लाभ हुन्छ भन्ने लालच दिन्छ खासमा यसले कुनै व्यापार व्यावसाय गर्दैन र सरकारी सुचनाको चोरी गर्छ आफ्नो शक्तिको दादागिरी देखाउँदै कसैले विरोध गरेमा अमेरिकी (CIA) लगाएर मारिदिन्छ ।अब यसले धेरै कायापलट हुन्छ भन्ने कुरा तथ्यहिन र तर्कसंगत छैन । आजको दिनसम्म यो अमेरिकी संस्था MCC दुनियाँको जुन जुन देशमा गएको छ त्यो देस आर्थिक सामाजी,राजनीतिक र साँस्कृतिक अवस्थामामा कहि कतै एक सुक्को सुधार भएको कतै उदाहरण भेटिदैन बरु ती देशहरु वेश्यालय मा रुपान्त्रीत भएका छन् झन कमजोर भएका छ्न ।

श्रीलंका जस्तो गरिब मुलुकको सांसदले वहुमतको निर्णयले श्रीलंकन हाउसबाट अस्वीकार्य भयो त्यो सबै कुराको अध्यन गरेर भएको हो । यहाँ हाम्रा देशका दलालहरुले भने यसको फाइदा गणना गरेर र जनताहरुलाई ढाट्दै छ्न् । mcc को मुख्य काम अस्थिरता पैदा गर्नु र जनता लाई फुटाउ र राज गर्ने प्रमुख नीति हो। त्यो गोराहरुको कयौ सताप्दी देखि चल्दै आएको परम्परा हो । जस्तो भारतमा इस्ट-इन्डिया कम्पनीको नामबाट व्यापर गर्न खुट्टा पसारेको बेलायती एक निजि कम्पनीले भारतमा २०० बर्ष राज गर्यो त्यसरी नै यो mcc नेपाल आउन लागेको हो ।यसले नेपाल र नेपालीहरुलाई केही पनि फाइदा गर्दैन ।धेरैले व्याख्या गरेका छ्न् कि ? अमेरिकीहरु खुल्ला बजारको प्रयोगकर्ता हुन पुँजिवादी व्यवस्थाले जुन सुकै ठाउँमा गएर व्यापार व्यवसाय गर्न पाउने कुराको वकालत गर्छ भन्छ्न।यो सरासर झुटो हो,अमेरिकीहरु दुनियाँमा आफुलाई फाइदा हुने काम वाहेक केही पनि गर्दैनन् यसको उदाहरण हो चिनियाँ मोवाईल सेवा प्रदायक कम्पनी हुवायेले अमेरिकी मोवाईल डिभाइस कम्पनीसंग कडा टक्कर लिदा मोवाईल एप डाउनलोड गर्ने एकाधिकार जमाएको अमेरिकी कम्पनी गुगल प्ले स्टोरले सामान्य ब्यापारिक नम्सको सम्म ख्याल नगरी हुवाई प्रयोगकर्तालाई प्रयोग गर्नबाट आफ्नो क्षमता भएका देश ठाउँबाट अमेरिकी रास्ट्रपतिको ठाडो आदेशमा बन्द गरिदिनु के थियो यो एक उदाहरण मात्र हो ।

के ? अमेरिकी सर्विस प्रोभाइडर कम्पनीले त्यो काम गर्न मिल्छ कि मिल्दैन यो कुरा MCC का नेपाली दलालहरुले बुझुन र आम नेपाली जनताहरुलाई वास्तविक कुरा बताउन। देश निर्माणकाका लागि बिदेशी दलालहरुको बढी विस्वास गर्नु भन्दा स्वदेशी लगानि कर्ताको विस्वास गरौ।आम देशभक्त रास्ट्रबादी नेपाली जनताहरुको भरोसा गरौ र लगानीको वातावरण बनाई जनताहरुको प्रत्येक्ष लागनी लगाउन जन्ताहरुलाई उत्साहित बनाउँ, विभिन्न स्व्देशी निजि कम्पनीहरुसंगको साझेदारीको भरपर्दो वातावरण बनाउँ । कर्मचारी सञ्चयकोश,बिमा संस्थान , नागरिक लगानी कोषलाई भरोसा दिलाउँ। भ्रष्ट, दलालहरुलाई हदै सम्मको सजायको नेपाली पार्लियामेन्टबाट बिल पास गरौँ र नियम कानुन बनाउँ न कि अमेरिकी MCC को लागि कानुन र नियम। त्यस्तै रास्ट्रीय सिमा सुरक्षाको पूर्ण जिम्मेवारी नेपालि सेनालाई दिउँ नेपाली सेनालाई ब्यावसायुक्तामा दक्ष बनाउँ न कि नाफामुखी न वापारीकरण । संविधानको संसोधन लोकतान्त्रिक व्यवस्थाको मजाक उडाउनका लागि नगरौ कि रास्ट्रीय सुरक्षा,जनताहरुका जनजिबिका संग मेल खाने मुद्दा र बिषयवस्तुमा आधारित भएर गर्नै परे संसोधन गरौँ । अध्यादेश जारी गर्दा पार्टी प्रणालीलाई मजबुत बनाउने खालको ल्याउ , जनताहरुका आसाभरोसा इछा पुर्ति गर्न ल्याउ न कि पार्टी फुटाई आफ्नो निजि स्वर्थ पूर्ती गर्न….

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

देशमा सुशासनको प्रत्याभूति दिलाउने कानुन हाे : प्रधानमन्त्री दाहाल

काठमाडौँ ।  प्रधानमन्त्री दाहालले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम