काठमाण्डाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले तेस्रो जीत निकालेको छ ।

दुबईमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले तेस्रो जीत निकालेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।

हैदराबादका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जीत दिलाउन सकेनन् ।

यस्तै जोनी बेयरस्टोले २३, प्रियम गार्गले १६, विजय शंकरले १२ रन बनाए भने राशिद खानले १४ रन जोडे । 

चेन्नईका कर्ण शर्मा र ड्वेन ब्राभोले २–२ विकेट लिए भने साम कुरान, सार्दुल ठाकुर र रबिन्द्र जडेजाले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ४२ रन बनाए भने अम्बाती रायडुले ४१, साम करनले ३१, कप्तान महेन्द्र सिंह धोनीले २१ र रबिन्द्र जडेजाले अविजित २५ रन बनाए ।

हैदराबादका सन्दीप शर्मा, खलिल अहमेद र टि नटराजनले २–२ विकेट लिए । जितसँगै चेन्नईले हैदराबादविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

यसै सिजनको पहिलो भेटमा चेन्नईलाई हैदराबादले ७ रनले पराजित गरेको थियो । जितसँगै चेन्नईले ८ खेलमा ६ अंक जोडेको छ । चेन्नई छैटौं स्थानमा समेत उक्लिएको छ । पाँचौ स्थानमा रहेको हैदराबादको ८ खेलमा ६ अंक छ । एजेन्सी

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

विश्वासको मत दिन एमालेको आनाकानी

धनगढी। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री