काठमाडौँ । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ ।

बिहीबार दिउँसो २ बजे बालुवाटारमा बैठक बस्ने कार्यदलका सदस्य सचिव केशव जोशीले जानकारी दिनुभयो । कार्यदलले यसअघि एउटा मात्रै बैठक गरेको थियो । उक्त बैठकबाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यदल संयोजक तोकेको थियो । कार्यदलमा कांग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई(दुई जना सदस्य रहनुभएको छ । कार्यदललाई सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट लिने सहमति गर्न भनिएको छ ।

सम्भवत आजको कार्यदल बैठकमा दलहरूले आ(आफ्ना दाबी पेश गर्दैछन् । नेपाली कांग्रेसभित्र आफूले ६० प्रतिशत सिट राखेर ४० प्रतिशत अन्य दललाई दिन दवाव छ । अन्य दलले पनि आफूहरूले सम्मानजनक सिट पाउनुपर्ने बताइरहेका छन् । गत स्थानीय चुनावको मतलाई मुख्य आधार मानेर सिट बाँडफाँट गर्न खोजिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

विश्वासको मत दिन एमालेको आनाकानी

धनगढी। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री